पोखरा, १८ चैत्र l पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र र विश्वविद्यालयअनुदानआयोगले पोखरा विश्वविद्यालयका ६२ वटा महाविद्यालयका प्राध्यापकहरुलाई लक्षित गरी दुईदिने अनुसन्धान पद्धति र वैज्ञानिक प्रस्तावविकास विषयमाकार्यशालागोष्ठीको आयोजना गरेका छन् । शुक्रबार पोखरा लेकसाइडमा अवस्थित होटेल ल्याण्डमार्कमा आयोजित उक्त गोष्ठीलाई पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले पानसमा दीपप्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो । गोष्ठी उद्घाटन गर्दै डीन तिवारीले अध्ययन, अध्यापन र अनुसन्धानलाई सँगसँगै लैजान सके शिक्षामा गुणस्तर अभिवृद्धि गर्न सकिने बताउनुभयो । उहाँले हरेकप्राध्यापकले अनुसन्धानगर्ने बानी नै बसाल्नुपर्ने औल्याउँनु भयो । डीन तिवारीले प्राध्यापकले एक वर्षमा एउटा अनुसन्धान लेख, प्रस्तावतयार गर्नुपर्ने र कम्तिमा एउटा सेमिनारमा भागलिनु पर्ने बताउनु भयो । उहाँले नयाँ नेटवर्किङ्ग, नयाँविचारका साथ एउटा परिष्कृत अनुसन्धान लेख, प्रस्ताव प्रकाशित गर्न सकेमा मात्र उसको योग्यताको मापनहुन सक्ने विचार व्यक्तगर्नुभयो ।
कार्यक्रममा बोल्दै पोखरा विश्व विद्यालय व्यवस्थापन संकायका डीन डा. कर्णवीर पौडेलले परीक्षामुखी पठनपाठनको जमानागइसकेको उल्लेख गर्दै अनुसन्धानमुखीपठनपाठनले मात्रशिक्षक र विद्यार्थीको गुणस्तरमा सुधार आउन सक्ने वताउनुभयो । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. खेमराज जोशीले प्राध्यापकको वृत्तिविकास र सद्भावनाका लागि अनुसन्धान एउटा महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रकाकार्यकारी निर्देशक सहप्राध्यापक गुलाम मोहमम्मदखानले अनुसन्धान पद्धतिलाई विश्वविद्यालयले विशेष जोड दिंदै आएको उल्लेख गर्नुभयो । विश्वविद्यालयमा अनुसन्धानभयो भने यसले विश्वविद्यालयको छवि र साखमासमेत बढोत्तरी हुने उल्लेख गर्दै खानले अनुसन्धानको विकास, विस्तार र गुणस्तरका लागि विश्वविद्यालय अनुसन्धान आयोगसँग हातेमालो गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो ।
पोखरा विश्वविद्यालय स्कूलअफबिजनेशका स्कूलनिर्देशक डा. रविन्द्र घिमिरेले प्राध्यापकले आफ्नै कक्षाकोठाबाट अनुसन्धानको थालनीगर्नुपर्ने उल्लेख गर्दै यसका लागि विद्यार्थीलाई अनुसन्धानगर्न प्रेरित गर्न सक्नु पर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालय स्कूलअफ ईञ्जिनियरिङ्गकाप्रा.डा. टेकराज ज्ञवालीले अनुसन्धानगर्न धेरै पैसा खर्चिनु आवश्यक नरहेको उल्लेख गर्दै आधारभूतकार्य उन्मुख आवश्यकताबाट अनुसन्धानगर्न सके पठनपाठनमा निख्खार आउने उल्लेख गर्नुभयो । सिद्धार्थ बैंक पोखरा शाखाका शाखा प्रमुख प्रदिपकुमार श्रेष्ठले पठन पाठनको प्रतिफलकालागि अनुसन्धान महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यस्ता कार्यमा बैंक लगानीगर्न सँधै तयार रहेको विचार व्यक्तगर्नुभयो । कार्यक्रमको सञ्चालन स्कूलअफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोखरा विश्व विद्यालयका उपप्राध्यापकअतिस कौडिन्यायनले गर्नुभएको थियो । भोलिसम्म सञ्चालनहुने उक्तगोष्ठीलाई पोखरा विश्वविद्यालय स्कूलअफ हेल्थ एण्ड एलाइड साइन्सेजकाप्रा.डा. विष्णुराजतिवारी र प्रा. नविनश्रेष्ठ,त्रिभुवन विश्वविद्यालयकाप्रा.डा. राधेश्यामप्रधान र पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापकविकास के.सी. समेतले सहजीकरण गर्नुहुनेछ ।

LEAVE A REPLY