पोखरा, वैशाख २८ । पोखरामा नेपाली कांग्रेसका कार्यकर्ताले निर्वाचनको प्रचार–प्रसारमा प्रयोग गरेको जिपमाथि बिहीबार बम प्रहार भएको छ ।

पोखराबाट लेखनाथतर्फ गइरहेको बा३ख १४८३ नम्बरको जिपमाथि अज्ञात समूहले बम प्रहार गरेको हो ।

लेखनाथस्थित विजयपुरखोलाको नजिक भएको घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

LEAVE A REPLY