पोखरा ११, माघ  l बोक्सी कुप्रथा विरुद्धमा बनाइएको चलचित्र अग्निदहनको च्यारिटी शो सोमबार चितवनको सौराहमा प्रर्दशन गरिएको छ ।
समाजमा रहेको अन्धविश्वास कुरीति, कंसंस्कारका रुपमा बोक्सी प्रथाले जरो गाडेको अवस्थालाई चिर्दै सामाजिक रुपमा जनचेतना फैलाउने अभिप्रायले मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निमार्ण गरेको चलचित्र अग्निदहनको च्यारिटी शो प्रर्दशन गरिएको हो ।
चलचित्र हेरीसकेपश्चात चलचित्रले अहिलेको बर्तमान समयको जल्दो बल्दो विषयबस्तुलाई बोक्दै समाजमा जनचेतना फैलाउने मद्यत पु¥याउने र बोक्सी कु प्रथा अन्त्यको लागि सहयोग पुग्ने दर्शक प्रतिक्रियाले बताएको जनाइएको छ ।
चलचित्र हेर्नको लागि खचा खच भरिएको दर्शकको उपस्थिति देख्दा अहिलेको समाजमा लब स्टोरीको कथा बोकेको फिल्मको मात्र माग नभई सामाजिक जनचेतना मुलक चलचित्रको समेत माग रहेको चलचित्रका संरक्षक मोहन राज पौडेलले जानकारी दिनुभयो ।
यसअघि च्यारिटी शो प्रर्दशनका लागि पोखराबाट बोक्सी प्रथा विरुद्ध अभियानका सामाजिक अभियान्ता कोविदशरण उपाध्याय, प्रतिष्ठानका संरक्षक मोहनराज पौडेल र संस्थापक सुदीप त्रिपाठी प्रतीक चलचित्र लिएर चितवन सौराह पुगेका थिए ।
सामाजिक जनचेतना मुलक चलचित्रको रुपमा लिइएको चलचित्र अग्निदहनलाई देशव्यापीरुपमा लिएर जाने प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले जानकारी दिनुभयो ।
प्रतिष्ठानले यसअघि पोखरामा रुपन्देहीको बुटबलमा चलचित्र प्रर्दशन गरिसकेको छ भने यही माघ १७ गते पोखराको मिडटाउनमा, फागुन ७ गते पर्वतको कुश्मामा चलचित्रको च्यारिटी शो हुनेछ । देशका विभिन्न ठाँउबाट चलचित्र च्यारिटी शोको लागि माग भएको प्रतिष्ठानका अध्यक्ष तथा अग्निदहन फिल्मका परिकल्पनाकार कोविदशरण उपाध्यायले जानकारी दिनुभयो ।

LEAVE A REPLY