top menu Home Sitemap Our Team

खेलकूद

  • पर्वतमा पनि बञ्जीजम्प सुरु गरिने

    पोखराखबर डट कम समाचारदाता
    पर्वत, ८ साउन ।

    पर्यटन वर्ष २०११ लाई लक्षित गदै मुलुककै अग्लो झोलुङ्गे पुलमा बञ्जीजम्प निर्माणको तयारी सुरु गरिएको छ । सदरमुकाम कुश्माबजार र छिमेकी गाविस कटुवाचौपारी जोड्ने गरी मोदीखोलामा निर्माण गरिएको उक्त पुलमा बञ्जीजम्पको सम्भाव्यता अध्ययन गरी तयारी सुरु गरिएको हो । एकसय ३५ मिटर अग्लो र ३४४ मिटर लामो पुलमा बञ्जीजम्प सञ्चालनका लागि जिल्ला परिषद्बाट पारित गरिएपछि निर्माणका लागि तयारी थालिएको हो ।

    बिस्तृत समाचार


  • कास्कीका ११ जना खेलाडीहरुलाई छात्राबृत्ति

    दिननाथ बराल
    पोखरा, ३ साउन ।

    कास्कीका ११ जना फुटबल खेलाडीहरुलाई उच्च्ा शिक्षा हासिल गर्न छात्राबृत्ति प्रदान गरिने भएको छ । अखिल नेपाल फुटबल संघ -एन्फा) र नीजि विद्यालयहरुको संस्था हिसानको सहयोगमा यस बर्ष प्रदान गर्न लागिएको एक सय २३ जना बिद्याथीहरु मध्ये कास्कीबाट ११ जना छात्राबृत्तिमा पर्न सफल भएको एन्फा कास्कीका अध्यक्ष खेमबहादुर गुरुङले बताउनु भयो ।

    बिस्तृत समाचार


  • राजनीतिक हस्तक्षेपको अन्त्य गर्न नेपाल खेलाडी दस्ता गठन

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, २ साउन ।

    थाइ किक बक्सिङ् खेलाडी मणि कुँवरको संयोजकत्वमा आइतबार नेपाल खेलाडी दस्ता गठन भएको छ । दस्ताद्वारा राजधानीमा आयोजित कार्यक्रममा दस्ताका संयोजक कुँवरले खेलकुदमा राजनीतिक हस्तक्षेपको अन्त्य गर्दै खेलाडीको अधिकार सुनिश्चित गर्न दस्ता गठन गरिएको सार्वजनिक गर्नुभयो ।

    बिस्तृत समाचार


  • राखेप उपाध्यक्ष नहटाउन सर्वोच्चको आदेश

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, ३२ असार ।

    राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको अवकाशसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश रणबहादुर बमको एकल इजलाशले सरकारका नाममा त्यस्तो आदेश जारी गर्दै साउन ९ गते हुने छलफलमा उपस्थित हुन युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ ।

    बिस्तृत समाचार


  • राखेपको निर्णय विरुद्ध सर्वोच्चमा रिट

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, ३१ असार ।

    राष्ट्रिय खेलकुद परिषद्ले परिषद्का उपाध्यक्षलाई पदमुक्त गरेको निर्णय विरुद्ध बिहीबार सर्बोच्च अदालतमा रिट दायर भएको छ । परिषद्ले पदमुक्त गरेका खेलकुद परिषद्का उपाध्यक्ष पीताम्वर तिमिल्सिनाले दायर गर्नुभएको रिटमा युवा तथा खेलकुदमन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई विपक्ष बनाएको छ ।

    बिस्तृत समाचार


  • खेलकुद परिषद्का उपाध्यक्ष निलम्बित

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, २७ असार ।

    पदीय मर्यादा उल्लंघन गरेको भन्दै युवा तथा खेलकुदमन्त्री गणेश तिवारी नेपालीले आइतबार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनालाई निलम्बन गरेका छन् । धरानमा रंगशालाको माग गर्दै परिषद्को कार्यालय तोडफोडमा तिम्सिना संलग्न रहेको ठहर मन्त्री तिवारीले गरेका छन् ।

    बिस्तृत समाचार


  • रङ्गशाला निर्माणको बिषयमा झडप, खेलकुद परिषद्को कार्यालय तोडफोड

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, २५ असार ।

    धरानमा रङ्गशालाको माग गर्दै एक समुहले राष्ट्रिय खेलकुद परिषद्को कार्यालय तोडफोड गरेको छ । रङ्गशाला माग गर्ने धरानका बासिन्दाको समुह र परिषद्का पदाधिकारीबीच झडपसमेत भएको छ । झडपमा दुइजना घाइते भएका छन् ।

    बिस्तृत समाचार


  • कास्की जिल्ला भलिवल संघले खेल मैदान मर्मत ग-यो ।

    दिननाथ बराल
    पोखरा, २२ असार ।

    बिगत लामो समयदेखि पोखरा रङगशालामा अब्यबस्थित रहेको भलिवल खेल मैदान अब भने ब्यवस्थित हुने भएको छ । कास्की जिल्ला भलिवल संघको अगुवाईमा भलिवल खेल मैदान फराकिलो तथा ब्यबस्थित पार्न लागिएको सचिब सिम गुरुङले बताउनु भयो ।

    बिस्तृत समाचार


  • फुटबल खेल्दै गर्दा विद्यार्थीको मृत्यु

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौं, २१ असार ।

    कोकाकोला कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको मध्यमाञ्चल छनोटअन्तर्गत सोमबार च्यासल मैदानमा भएको खेलकै क्रममा एक खेलाडीको मृत्यु भएको छ। मङ्गलदीप स्कुलका फरवार्ड जिम्मेग्याल्जेन लामाको खेल्दै गर्दा मैदानमा लडेपछि मृत्यु भएको थियो।

    बिस्तृत समाचार


  • खुल्ला १० किलोमिटर सडक दौडमा त्रिभुवन आर्मी क्लबका प्रकाश पनेरु प्रथम

    पोखराखबर डट कम समाचारदाता
    पोखरा, १४ असार ।

    स्वर्गीय मदन भण्डारीको ५९ औं स्मृति दिवसको अवसरमा आज पोखरामा आयोजना भएको खुल्ला १० किलोमिटर सडक दौडमा त्रिभुवन आर्मी क्लबका प्रकाश पनेरु प्रथम भएका छन । मदन भण्डारी स्पोर्टस एकेडेमिले आज पोखरामा आयोजना गरेको सडक दौड प्रतियोगितामा पनेरुले निर्धारीत दुरी ३३ मिनेट ४८ सेकेण्डमा पार गदै उपाधि सहित १० हजार जित्न सफल भएका छन् ।

    बिस्तृत समाचार