Investigative, Accurate, News Portal
नेपाली काग्रेस र नेकपा एमालेका नेताहरुले माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महाराको भन्दै आएको टेपको छानविन गर्नु पर्ने माग गरेका छन् । अन्नपूर्ण होटलमा भएको भेट पछि नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भिम आचार्यले साचारकर्मीसँग संक्षिप्त प्रतिकि्रया दिदै त्यस्तो माग गरेका हुन ।
बिस्तृत समाचार
झापाको गौंरादह-९मा शनिबार गुरु श्रेष्ठको निर्माणाधीन शौचालयको टयाङ्कीको सेटि्रङ्ग खोल्नभित्र पसेका दुई मजदुरको डुबेर मृत्युभएको छ । जुरोपानी-६ बस्ने १८ वर्षीय नागिन माक्रा र खजुरगाछि-८ बस्ने १९ वर्षीय लवकुमार माक्राको टयाङ्कीभित्र जमेको पानीमा डुबेर मृत्युभएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । टयाङ्कीको गहराई बारेमा थाहा नभएको बताइएको छ ।
बिस्तृत समाचार
नवलपरासीमा अज्ञात समूहले शनिबार बिहान एकजनाको हत्या गरेको छ । बिहान १० बजे साइकलमा आएका दुईजनाले सुक्रौली-४ का ६५ वर्षीय रामलखन यादवको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
बिस्तृत समाचार
कपिलवस्तु जिल्ला कारागारमा थुनामा रहेका बन्दी बिनोद पाठकको बिहीबार दिउसो मृत्यु भएको छ । कोठा भित्र बसेका बेला एक्कासी बेहाेस भएपछि अस्पताल लैजाने तयारी गर्दा गर्दै उनको मृत्यु भएको कारागारले जनाएको छ ।
बिस्तृत समाचार
कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बीच आज बिहान झडप भएको छ । स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको ‘नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत तथा तीज विशेष’ कार्यक्रममा स्ववियु सभापति वसन्त खड्का अनेरास्ववियु -क्रान्तिकारी) निकट भएकाले अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घलाई जानकारी नै नगराइकन एकलौटी रुपमा कार्यक्रम गरेको विषयमा विवाद भई झडप भएको हो ।
बिस्तृत समाचार
मातृका यादव नेतृत्वको नेकपा माओवादीसाग एकीकरणको घोषणा भईसकेको पुर्नगठित जनमोर्चा नेपालको तेस्रो राष्ट्रिय सम्मेलन भोलि शुक्रबारदेखि दुईदिनसम्म पोखरामा हुने भएको छ । सम्मेलनको तयारी पूरा भएको जनमोर्चा नेपालले बिहीबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
बिस्तृत समाचार
काठमाडौँको कोटेश्वर बस्ने उपसेनानी टीकाराम चौलागाईँलाई सोही घरमा बस्ने हवल्दार धनराज कार्कीलाई हत्या गरेको अभियोगमा पक्राउ गरी सैनिक प्रहरीको जिम्मा लगाइएको छ । उपसेनानी चौलागाईँ र हवल्दार कार्कीबीच मङ्गलबार राति ११.४५ बजे झैझगडा र कुटपिट हुँदा घाइते कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको नेपाली प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ ।
बिस्तृत समाचार
आपसी विवादको विषयलाई लिएर त्रियुगा नगपालिका-२ स्थित नेपाली सेनाका एक जवानले सशस्त्र प्रहरी हवल्दारलाई सांघातिक आक्रमण गरेका छन् । बुधबार राति एक होटलमा सैनिक जवान दीपेन्द्र तामाङले प्रहरी हवल्दार नवीन राइलाई छुरा प्रहार गरेका हुन् ।
बिस्तृत समाचार
सोमबार राति तीन तले घर भत्किँदा पुरिएर भएका ३ वटै छोराको मृत्यु भएपछि कालिकोटको एक दम्पती सन्तानबिहीन भएका छन्। भर्ता गाविस-१ साहुवाडाका पर्व दमाइँ र उनकी श्रीमतीका छोरा १० वर्षीय रज, ७ वर्षीय अली र ४ वर्षीय मानको घर भत्कँदा मृत्यु भएको थियो।
बिस्तृत समाचार
चितवनको खैरहनी- ४ पर्साबजारबाट गत साउन ७ गते अपहरणमा परेका २४ वर्षीय सञ्जय लामिछानेलाई रिहा गर्न अपहरणकारीले २ करोड रुपैयाँ माग गरेका छन् । लामो सयमको वैदेशिक रोजगारीबाट जेठ २७ गते घर फर्किएका लामिछाने घरबाटै अपहरणमा परेको प्रहरीले बताएको छ ।
बिस्तृत समाचार