top menu Home Sitemap Our Team

स्थानीय समाचार

  • सहयोग जुटाएर नदीले बेपत्ता पारेका मजदुरको काजक्रिया

    पोखराखबर डट कम समाचारदाता
    बागलुङ, २३ भदौ ।

    कालीगण्डकी नदीले बगाएर मृत्यु भएका एक मजदुरको बागलुङमा सहयोग जुटाएर काजक्रिया गरिएको छ। रुकुमको महत गाविस घर भइ १० बर्ष देखि बागलुङ बजारमा मजदुरी गर्दै आएका बुढालाई भदौ १३ गते बालुवा झिक्न गएको समयमा नदीले बगाएर मृत्यु भएको थियो। जिल्ला दैविप्रकोप उद्धार समिति र अन्य व्यक्तिले समेत नगद सहयोगबाट ४० हजार नगद सहयोगपछि मृतक परिवारले काजक्रिया गर्न पाएको मृतककी पत्नी धनमायाले बताउनुभया।

    बिस्तृत समाचार


  • मोवाइल सेवा प्रभावकारी नहुदा उपभोक्तामा सास्ती

    प्रकाश डोटेल
    वालिङ् २२ भदौ ।

    स्याङ्जाका शहरी ईलाका र ग्रामिण भेगमा नेपाल टेलिकमले संचालन गरेको मोवाईल सेवा प्रभावकारी नभएको गुनासो सर्वसाधरणहरुको गरेका छन्। जिल्लाका बिभिन्न क्षेत्रमा गरि २४ वटा मोवाइलका टावरहरु राखिएको छ। सम्बन्धीत निकायबाट समय–सयमा टावरहरुको मर्मत र निरिक्षण नहुदा ग्रामिण क्षेत्रमा मोवाइल सेवा प्रभावकारी नभएको गुनासो आउने गरेको हो।

    बिस्तृत समाचार


  • बडीगार्ड खोलामा मृत अवस्थामा फेला

    दीपक गौतम
    बागलुङ, १७ भदौ ।

    बागलुङ जिल्लाको बुर्तिबाङ गाविस स्थित बडीगार्ड खोलामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन । जिल्लाको अधिकारीचौर गाविस ५ बस्ने ३३ बषर्ीय निर्माण बुढा बडीगार्ड खोलाको बिचभागमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    बिस्तृत समाचार


  • खोलाले बगाएर मृत्यु

    प्रकाश डोटेल
    स्याङ्जा, १६ भदौं ।

    स्याङ्जाको आाधीखोला किनारमा नुहाउन गएका एक भारतीय नागरिकको खोलाले बगाउादा मृत्यु भएको छ । भ्ारतको मोतिहारी स्थायी घर भएका अन्दाजी ६० वर्षका शुसिल मास्ताको खोलाले बगाएर मृत्यु भएको हो ।

    बिस्तृत समाचार


  • शिक्षकहरुमा भाईरलज्वरो देखिएपछि विद्यालय बन्द

    सृजना घिमिरे
    लमजुङ १६ भदौ ।

    लमजुङको अर्चलबोटस्थित लक्ष्मी माध्यमिक विद्यालयका अधिकााश शिक्षकहरु भाईरल ज्वरोका कारण अध्ययपन गराउन नसक्ने भएपछि विद्यालय बन्द गरिएको छ । कुल १७ जना शिक्षकहरु भएको सो विद्यालयमा अधिकााश शिक्षकहरु लाई ज्वरो आउने, खोकी लाग्ने, रुघालाग्ने भएपछि हिजो बसेको शिक्षक समुहको आकस्मिक बैठकले विद्यालय बन्द गरेको हो ।

    बिस्तृत समाचार


  • ठकुरी युवा परिवारको नया कार्यसमितिद्वारा पदस्थापन

    ओम हमाल
    पोखरा, ११ साउन ।

    ठकुरी युवा परिवारको नयाा कायर््र समितिले सोमबार साँझदेखि आफ्नो पदस्थापन गरेको छ । परिवारको हालै सम्पन्न साधारणसभाबाट सन्तोष शाहीको अध्यक्षतामा नयाा कार्य समिति निर्वाचित गरेको थियो । नवनिर्वाचित कार्यसमितका अध्यक्ष सन्तोष शाहीलाई निवर्तमान अध्यक्ष खिमबहादुर शाहीले पदस्थापन गराउनुभएको थियो ।

    बिस्तृत समाचार


  • चट्याङबाट एकको मृत्यु

    राजेन्द्र न्यौपाने
    गोरखा, ११, साउन ।

    जिल्लाको दुर्गम गाउा विकास समिति मान्बुमा गएराति सााझ परेको चट्याङको कारण वडा न्ां. २ निवासी लक्ष्मी परियारको मृत्यु भएको छ । चट्याङबाट घाइते भएकी परियारलाई उपचारका लागि प्राथमिक स्वास्थ सेवा केन्द्र आरुघाट ल्याईादै गर्दा विच बाटोमानै मृत्यु भएको स्थानीय जीत बहादुर गुरुङले बताउनुभयो ।

    बिस्तृत समाचार


  • युथफोर्स आक्रमणमा एकको अवस्था गम्भीर

    राजेन्द्र न्यौपाने
    गोरखा, १० साउन ।

    जिल्लाको उत्तरी विकट गाउा थुमिमा युथफोर्सका गोरखा जिल्ला अध्यक्ष श्री कृष्ण काप्रीको कुटाईका कारण वडा नं. १ मान्द्रेका सुब्बा कार्की गम्भीर घाइते भएका छन् । घाइतेको आरुघाट स्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको छ ।

    बिस्तृत समाचार


  • सुन्तला बगैचा भित्र कुखुरा व्यवसाय

    पोखराखबर डट कम समाचारदाता
    तनहुँ, १० साउन ।

    तनहुँको पुर्कोट गाविस-१ चितिखोला निवासी अगुवा किसान वासुराज कडरियाले करिब डेढ वर्ष अघिदेखि सुरु गरेका सुन्तला बगैचा भित्रको कुखुरा व्यवसाय फस्टाउँदै जान थालेको छ । २०६६ मंसिर १ गते स्थानीय जातका ५० वटा कुखुराबाट उनले व्यवसायीक रुपमा सुन्तला बगैचा भित्र कुखुरा पालन व्यवसाय साचालन गरेका हुन् ।

    बिस्तृत समाचार


  • दलित विद्यार्थीले अध्ययन गर्ने सामुदायिक विद्यालय एकवर्ष भित्र बन्दहुने अवस्थामा

    पोखराखबर डट कम समाचारदाता
    पर्वत, १० साउन ।

    गाउँमै निःशुल्क र गुणस्तरीय अङ्ग्रेजी शिक्षा दिने उद्देश्यले पर्वतको सुदूर दक्षिणी रानीपानी गाविसमा सन्चालनमा आएको एक सामुदायिक विद्यालय स्रोतको अभावमा एक वर्षमै बन्द हुने अवस्थामा पुगेको छ । विद्यालयसँग प्रयाप्त आर्थिक स्रोत नभएकाले विद्यालय बन्द हुने अवस्थामा पुगेको हो ।

    बिस्तृत समाचार