Investigative, Accurate, News Portal
रोजगारीका सिलसिलामा मलेसिया पुगेका एक युवाको मृत्यु भएको छ ।डडेल्धुरा कोटेली गाविस-३ कोटेलीका यादवप्रसाद भट्टको मृत्यु भएको परिवार स्रोतले जनाएको छ । पाँच महिनाअघि त्यहाँ पुगेका २१ वर्षीय भट्टको हृदयाघातका कारण तीन दिनअघि मृत्यु भएको जनाइएको छ ।
बिस्तृत समाचार
दक्षिण अफ्रिकामा सम्पन्न् भएको १९ औं बिश्व कप फुटबल प्रतियोगितामा उरूग्वेका डिएगो फोर्लानले गोल्डेन बल पाएका छन्। १९ मे १९७९ मा जन्मेका ५ फुट १० इन्च अग्ला ३१ बर्षिय फोर्लान व्यवसायिक रूपमा एट्लेटिक्सको म्याड्रिडका लागि खेल्ने गर्दछन्। उनले यस बिश्वकपमा २९ बललाइ गोल पोष्टमा प्रहार गरेकोमा २० वटा पोष्टमा तथा ९ बटा बाहिर हिर्काएका थिए।
बिस्तृत समाचार
दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा स्पेनले नेदरल्याण्डलाइ थप समयमा १-० ले पराजित गर्दै बिश्व बिजयी भएको छ। यस जीतका साथ स्पेन पहिलो पटक फाइनलमा प्रवेश गरेपछी नै बिश्व बिजेता हुने गौरब पाएको छ। यस खेलमा बेलायती निर्णायक हावार्ड वेबले १४ वटा पहेलो कार्डहरू देखाएका थिए।
बिस्तृत समाचार
अक्टोपसको सातौं भविष्यवाणी पनि मिल्न गएको छ। अक्टोपसले यस बिश्वकपमा जर्मनी तेस्रा हुने भविष्यवाणी गरेको थियो। दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीले उरूग्वेलाइ ३-२ ले पराजित गरेको छ।
बिस्तृत समाचार
तीन पटकको उपाधि बिजेता जर्मनीलाई हराउँदै स्पेन विश्वकप फुटबलको फाइनमा पुगेको छ । स्पेनले जर्मनीलाई १-० गोलले पाखा लगाएको हो । निरन्तर दवावमा परेको जर्मनीलाई जावीको कर्नरमा पुयोलले ७३ औँ मिनेटमा गरेको गोल नै जीतका लागि पर्याप्त रहृयो ।
बिस्तृत समाचार
दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत भएको पहिलो सेमीफाइनलमा नेदरल्याण्डले उरूग्वेलार्इ ३-२ ले पराजित गरेर फाइनलमा प्रवेस गरेको छ। अब नेदरल्याण्डले फाइनलमा बुधबार जर्मनी तथा स्पेन बीचको खेलका बिजेतासंग उपाधीका लागि भिड्ने भएको छ।
बिस्तृत समाचार
दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा स्पेनले पाराग्वेलार्इ एकमात्र गोलले पराजित गरेको छ। अब स्पेनले सेमीफाइनलमा जर्मनीसंग भीड्ने छ। स्पेनले १९५० पछी अहिले सेमीफार्इनलमा प्रेवेश गरेको छ। स्पेन तथा पाराग्वेले यस खेलमा दुबै टोलीले बढी सगजता अपनाएर खेलेका थिए। एकातीर पाराग्वेले बढी मात्रामा छोटो पासले खेलेको थियो भने स्पेनले छोटो तथा लामो पासको मिश्रणले पाराग्वेमाथी हावी हुन खोजेको थियो। मध्यान्तर सम्म दुबै टोली ०-० बरावरीमा थियो।
बिस्तृत समाचार
दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत भएको तेस्रो क्वाटरफाइनलमा जर्मनीले अर्जेन्टिनालार्इ ३-० ले पराजित गरेर सेमीफाइनलमा प्रवेस गरेको छ। जर्मनीले आक्रमण तथा रक्षात्मक मिश्रीत उतकृष्ट खेल प्रदर्शन गरेपछी माराडोनाको अर्जेन्टिनी टोलीको केही लागेन। आजको खेलका म्यान अफ द म्याच जर्मनीका स्क्वेनस्टार्इगर भएका थिए।
बिस्तृत समाचार
दक्षिण अफ्रीकामा जारी विश्वकप फुटबल २०१० को क्वाटर फाइनल खेलको दोस्रो खेल घाना र उरुग्वेबीच भएको खेल ४-२ ले जित्द उरुग्वे सेमी फाइनलमा पुगेको छ। दक्षिण अफ्रीकाको जोहनेसवर्गस्थित सकरसिटी स्टेडियममा भएको खेल निर्धारित र एक्स्ट्रा टाइमसम्म १-१ गोलमात्र भएपछि पेनाल्टी भएको थियो। पेनाल्टीमा उरुग्वेका जर्सी नं.१३ का सेबास्टियन अब्रेउ, जर्सी नं.१९ का एन्ड्रेस स्कोटी, जर्सी नं.६ का माउरिसिओ भिक्टोरिनो र जर्सी नं.१० का डिएगो फोर्लान रहेका छन्।
बिस्तृत समाचार
दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको क्वाटरफाइनल खेलमा नेदरल्याण्डले ब्राजिललार्इ २-१ ले पराजित गरेको छ। यस जीतका साथ नेदरल्याण्डले सेमीफार्इनलमा प्रवेश गरेको छ। खेलको शुरूवात देखी नै दुबै टोलीले आक्रमक खेलको प्रदर्शन गरेको थियो। दुबै टोलीले छोटो तथा लामो पासका भरमा एक अर्का माथी हावी हुने प्रयास गरेका थिए। तर बिस्तारै ब्राजिलियन टोली लयमा फर्केपछी खेललाइ आफ्नो नियन्त्रणमा लिएको थियो।
बिस्तृत समाचार