Investigative, Accurate, News Portal
दार्जुला धारी गा वि स घर भएका ३३ वर्षीय अमरबहादुर बमलाई संयुक्त अरब इमिरेट्सको एक अदालतले मृत्युदण्ड सुनाएको खबर संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदुताबासले गत मंगलबार प्रेस विज्ञप्ति मार्फत जानकारी गराएपछि यु ए इमा रहेका नेपालीहरुलाई स्तब्ध तुल्याएको छ ।
बिस्तृत समाचार
युनिभर्सिटी अफ टेक्सासमा स्नातकोत्तरमा अध्ययनरत २६ वर्षीय विपीन थापाको अर्विङस्थित स्थानीय हाइवे १८३ र १६१ को इन्टरसेक्ससन नजिकै कार दूर्घटनामा परी गत आइतबार राति निधन भएको छ ।
बिस्तृत समाचार
कतारको दोहामा छुट्टा छुट्टै दुर्घटनामा तीन नेपाली कामदारको मृत्यु भएको छ । आफैले बनाएको मोटरबोट परीक्षण गर्ने क्रममा मोरङका ३४ वर्षीय शेखरप्रसाद मिश्रको ओक्रास्थित सामुदि्रक किनारमा डुबेर मृत्यु भएको छ ।
बिस्तृत समाचार
मलेसियाको जोहोर राज्यमा एक नेपाली मजदुरले झुन्डिएर आत्महत्या गरेका छन् । तिन वर्ष अघि देखी जोहोर राज्यको मसाई भन्ने ठाउको स्विफ्ट पैक कम्पनीमा काम गर्दे आएका श्रीपुर ५ कैलालीका करिब २१ वर्षीय सुरेन्द्र खडायतले झुन्डिएर आत्माहत्या गरेको खुल्न आएको छ ।
बिस्तृत समाचार
कार दुर्घटनामा तीन किशोरीलाई मारेको तथा मादक पर्दाथ सेवन गरि गाडी चलाएको अभियोग लागेका अमेरिकाको टेस्सास निवासी नेपाली साजन तिमिल्सिना नेपाल भागेको अमेरिकी प्रहरीले आशंका गरेको छ । उनी दुर्घटना भएको दिन वा भोलि पल्ट नै कतार हुँदै नेपाल भागिसकेको अनुमान प्रहरीले गरेको अमेरिकाबाट सञ्चालिन नेपाली मिडिया नेपाली पोष्टले जनाएको छ ।
बिस्तृत समाचार
बेलायत सरकारको बोर्डर एजेन्सीले बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीका निम्ति व्यवस्था गरिएको “टायर४ भिसा प्रणाली” नेपाली विद्यार्थीका निम्ति बिहीबारदेखि आंशिक खोलेको छ । काठमाडौँस्थित बेलायती राजदूतावासद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा हालका निम्ति स्नातकोत्तर र पोस्टग्राजुएट अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका निम्ति सो भिसा खुला गरिएको छ ।
बिस्तृत समाचार
मलेसियामा बिहीबार एक नेपालीले आत्महत्या गरेका छन् । जोहोरवारुको देशाचेम्वरलाङमा रहेको ज्यायीवीन कम्पनीमा कार्यरत आमचोक ७ इलामका २९ वर्षीय इन्द्रबहादुर खडकाले बुधबार कम्पनीमै झुण्डिएर आत्महत्या गरेका छन ।
बिस्तृत समाचार
तीन अमेरिकी किशोरी मारिने गरी कार दुर्घटना गराएर २५ वर्षीय नेपाली साजन तिमल्सिना बेपत्ता भएपछि त्यहाँको मिडियाले स्थानीय प्रहरीमाथि औँला ठड्याइरहेका छन्। तर प्रहरीले भने स्पष्ट प्रमाणको अभावमा त्यतिबेला तिमिल्सिनालाई हिरासतमा नराखेको भन्दै आफ्नो निर्णयको बचाउ गरिरहेको छ।
बिस्तृत समाचार
वैदेशिक रोजगारीका सिलसिलामा दक्षिणपूर्वी अपि|mकामा पर्ने लिविया पुगेका १ सय ८ जना नेपाली उद्धारको प्रतीक्षामा छन् । राजधानी त्रिपोलीदेखि करिब ३० किलोमिटर टाढा उनीहरू एउटै सेल्टरमा नारकीय जीवन बिताउँदै आएको आफन्तले बताए । धौलागिरी इन्टरनेसनल म्यानपावर कम्पनीमार्फत १ वर्षअघि त्यहाँ गएका उनीहरूले कम्पनी बन्द भएपछि रोजगारी गुमाएका थिए ।
बिस्तृत समाचार
अमेरिकाले वर्तमान भिसा शुल्कमा परिवर्तन गरेको छ । यही असार २९ गतेदेखि लागु हुनेगरी भिसा शुल्क परिर्वतन गरिएको अमेरिकी राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । संशोधित शुल्क विश्वभरि समान राखिएको छन् ।
बिस्तृत समाचार