Investigative, Accurate, News Portal
हनिमुन मनाउने बहाना बनाई पर्यटकीय नगरी पोखरा ल्याएर आफ्नै श्रीमतीको घााटी थिचेर विभत्स हत्या गर्ने काठमाडौको काभ्रेथली चण्डोलका १९ बषिर्य सरोज फुयााल र उनकी पुर्व प्रेमीका कोपिला फुयााललाई आज पोखरामा सार्वजनिक गरिएको छ ।
बिस्तृत समाचार
प्रहरीले भन्सार छली नेपाल भित्र्याएको १० किलो चाँदीका विभिन्न गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि बुधबार वीरगन्ज भन्सार कार्यालयलाई बुझाएको छ । भारत बिहार रक्सौल थाना मौजे निवासी विजय साह सोनारले आफ्नो शरीरको विभिन्न भागमा लुकाइ छिपाइ १० किलो १५० ग्राम तौलबराबरको चाँदीका गहना काठमाडाँै लैजाने क्रममा प्रहरीले मङ्गलबार साँझ वीरगन्जको न्ायाँ बसपार्कबाट निजलाई पक्राउ गरेको हो ।
बिस्तृत समाचार
अन्नपूर्ण पदमार्गमा हिाडेका पर्यटकको साथवाट नगद लुटेर भागेका पााचजनालाई मनाङ प्रहरीले पक्राउ गरेको छ । निर्माणाधिन वेसीशहर-चामे सडकमा कार्यरत झापा भईलातुम्बा गाविस १ का विवेक तामााङ, चितवन लोथर १ का सुजन लामा, लोथर २ का मानबहादुर तामाङ, लोथर ३ वस्ने विवेक चेपाङ र मकवानपुर मनोहरी गाविस २ बस्ने राज तामाङलाई सीमा प्रहरी चौकी धारापानीका प्रहरीले पक्रेको हो ।
बिस्तृत समाचार
संगठित अपराध गिरोह चलाएको अभियोगमा प्रहरीले खोजी गरिरहेका विष्णु लामाले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। विष्णु लामा गोठाटार घटनाका पनि अभियुक्त हुन्। निर्माण सामग्री थुपारेको सामान्य विवादमा गोली चलेर गत माघ महिनामा एक बालकको मृत्यु भएको घटनालाई गोठाटार कान्डका रुपमा चिनिन्छ।
बिस्तृत समाचार
नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरी नजिकै सोमबार दिउँसो एक महिलाको विभत्स हत्या भएको छ। परिवारका सदस्य कोही नभएको समयमा इटहरी-४ की ६८ बर्षीया पूर्णमाया राईको हत्या गरिएको हो। पूर्व वृटिश गोर्खा आर्मी रहेका उनका लोग्ने दिलबहादुर राई दुई दिन अघि भारतको कालिङ्पोङ् घरायसी कामले गएकाले एक्लै थिइन्। उनको शव घरको दोस्रो तल्लाको वैठक कोठामा हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
बिस्तृत समाचार
राजधानीस्थित रविभवनमा एक बालिका आफ्नै कोठामा भुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । प्यूठान घरभई हाल रविभवनमा डेरागरी बस्ने हरि पौडेल र गोरखापत्र दैनिकका कर्मचारी लता पौडेलकी एकमात्र छोरी १३ वर्षीया आस्था पौडेल बिहीबार दिउसो सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
बिस्तृत समाचार
सदरमुकाम बेसीशहरमा ५ ग्राम खैरो हेरोइन सहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेसीशहर गाविस वडा नं. २ का बमबहादुर बस्नेत र धादिङ जिल्ला कम्पुरका भरत घले रहेका छन् ।बस्नेत र घलेलाई बेसीशहरको शेराबजारस्थित एक होटलमा लागूऔषध प्रयोग गरिरहेको अवस्थामा प्रहरीले शनिबार साँझ ६ बजेतिर पक्राउ गरेका हुन् ।
बिस्तृत समाचार
पोष्टमार्टमका लागि राखिएको शवबाटै गरगहना चोरेको आरोपमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका स्वीपरलाई प्रहरीले पक्राउ गरेको छ । स्वीपर पदमबहादुर बस्याललाई प्रहरीले गाडी दुर्घटनामा ज्यान गुमाएकि दैलेखको नारायण नगरपालिकाकी भुमीसरा सुनारको गरगहना चोरेको आरोपमा पक्राउ गरेको हो ।
बिस्तृत समाचार
अज्ञात समूहले सुनसरी जिल्लाको भोक्राहा गाबिस ७ का सात वर्षीय वालकको अपहरण पछि विभत्स हत्या गरेको छ । भोक्राहा गाबिस ७ का श्रवण यादबका सात वर्षीय छोरा निरन्जन यादबको घाटी रेटी हत्या भएको सुनसरी प्रहरीले जनाएको छ ।
बिस्तृत समाचार