top menu Home Sitemap Our Team

आर्थिक समाचार

  • नविल बैाकको ४२ औा शाखा बेसीशहरमा

    सृजना घिमिरे
    लमजुङ, १० साउन ।

    नविल बैाक लिमिटेडको ४२ औा शाखा लमजुङ सदरमुकाम बेसीशहरमा स्थापना भएको छ । हालै देखि कारोवार सेवा सुरु गरेको बैाकले हाल एटिएम, रेमिट्यान्स, एविविएस सेवा, डेविट तथा क्रेडिट कार्ड, ईन्टरनेट बैाकिङ, शुईˆट सेवा, डिपोजिट लगायतको सेवाहरु शुुरु गरेको छ ।

    बिस्तृत समाचार


  • देशको वर्तमान आर्थिक स्थिति

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, ९ साउन ।

    नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/६७ को एघार महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक स्थितिको विवरण आइतबार सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०६६/६७ को एघार महिनासम्म विस्तृत मुद्राप्रदाय ८ दशमलव २ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय २१.१ प्रतिशतले बढेको थियो ।

    बिस्तृत समाचार


  • राजश्व संकलनमा साठी प्रतिशत बृद्धि

    प्रकाश डोटेल
    स्याङ्जा ८ साउन ।

    जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०६६÷०६७ मा ४ लाख ३२ हजार ३ सय राजश्व संकलन गर्न सफल भएको छ । संकलित राजश्व आर्थिक वर्ष २०६५÷६६ को तुलनामा ६० प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०६६÷६७ मा ४ हजार ६ सय ११ सवारी साधनलाई ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाही गरि उक्त रकम संकलन भएको हो । अघिल्लो आर्थिक वर्षमा ३ लाख ६० हजार मात्रै राजश्व संकलन भएको थियो ।

    बिस्तृत समाचार


  • म्याग्दीको एघार करोड बजेट फि्रज

    हरिकृष्ण गौतम
    म्याग्दी ८ साउन ।

    गत आर्थिक बर्षमा विकास निर्माणका लगायतका योजनामा म्याग्दी जिल्लामा आएको ठुलो रकम फि्रज भएको छ । चालु तर्फको आएको ७३ करोड ७१ लाख ९३ हजार ९ सय ६६ रुपैयाँ मध्य ७० करोड ४८ लाख २८ हजार ४ सय ३८ रुपैयाँ खर्च भएको छ भई तिन करोड तेइस लाख ६५ हजार ५ सय २८ फि्रज भएको छ ।

    बिस्तृत समाचार


  • २५ प्रतिशत नेपाली मात्र गरिब : राष्ट्रिय योजना आयोग

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, ३२ असार ।

    राष्ट्रिय योजना आयोगले नेपालको गरिबीको दर २५.४ प्रतिशत रहेको दाबी गरेको छ । युएनडिपीका लागि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययन प्रतिवेदन अनुसार ६५ प्रतिशत नेपाली गरिब रहेको तथ्याङ्क सार्वजनिक गरेपछि आयोगले शुक्रबार सो दाबी गरेको हो ।

    बिस्तृत समाचार


  • आर्थिक वृद्धिदर ३ दशमलव ५ प्रतिशत हुने अनुमान

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौँ, २७ असार ।

    चालु आर्थिक वर्ष२०६६/६७ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ५ प्रतिशत हुने अनुमान गरिएको छ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवस्थापिका संसदमा आइतबार पेश गरेको आर्थिक सर्वेक्षणमा यस्तो अनुमान गरिएको हो । गत आर्थिक वर्ष आर्थिक वृद्धिदर ४ दशमलव शुन्य प्रतिशत थियो ।

    बिस्तृत समाचार


  • लडाकुहरूका लागि हालसम्म रु.४ अर्ब ६९ करोड निकासा

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौं २० असार ।

    नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौता भएपछि शिविरमा राखिएका माओवादीका लडाकुहरूका लागि मासिक भत्ता र भरणपोषण गरी हालसम्म कूल रु. चार अर्ब ६९ करोड ६७ लाख ८४ हजार ८१ निकासा भएको छ ।

    बिस्तृत समाचार


  • तीन वर्षका लागि मुद्राको अभाव हुँदैन : गर्भनर खतिवडा

    पोखराखबर डट कम समाचारदाता
    तनहुँ, १९ असार ।

    राष्ट्र्र बैङ्कका गर्भनर डा. युवराज खतिवडाले तीन वर्षका लागि नोट छाप्ने व्यवस्था गरिसकेकाले रकमको अभाव नहुने बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घद्वारा दमौलीमा आयोजना गरेको वित्तीय तरलता तथा कर्जाको बदलिंदो ब्याजदर र व्यवस्थामा परेको प्रभाव विषयक अञ्चलस्तरीय विचार गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।

    बिस्तृत समाचार


  • विप्रेषण र निर्यातमा कमी भएका कारण मुद्रा सञ्चितिमा असरः राष्ट्र बैंक

    पोखराखबर डट कम समाचारदाता
    काठमाडौ, ९ असार ।

    नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दश महिनाको अवधिमा विस्तृत मुद्राप्रदाय ७.३ प्रतिशतले बढेको जनाएको छ । अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १७.५ प्रतिशतले बढेको थियो । संकुचित मुद्राप्रदायको अंशमध्ये चलनचल्तीमा रहेको मुद्रा समीक्षा अवधिमा ९.८ प्रतिशतले बढेको छ जुन अघिल्लो वर्षको यसै अवधिमा २३.२ प्रतिशतले बढेको थियो ।

    बिस्तृत समाचार


  • नौ हजार किलो सुन हरायो

    विजय खत्री
    कारोवार दैनिक

    यो आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले १४ हजार किलो सुन आयात गरेकामा छ हजार किलो आन्तरिक बजारमा खपत भएको छ भने नौ हजार किलो सुन बजारबाट गायब भएको छ । हाल भारतको खुल्ला नीतिले गर्दा विगतजस्तो नेपालबाट सुन भारततर्फ पुनर्निकासी नहुने हुनाले नौ हजार किलो सुन नेपाली घर–घरमा थन्किएको हुनसक्ने अर्थविद्हरूको अनुमान छ ।

    बिस्तृत समाचार