top menu Home Sitemap Our Team

खेलकूद

कास्कीका ११ जना खेलाडीहरुलाई छात्राबृत्ति

दिननाथ बराल
पोखरा, ३ साउन ।

कास्कीका ११ जना फुटबल खेलाडीहरुलाई उच्च्ा शिक्षा हासिल गर्न छात्राबृत्ति प्रदान गरिने भएको छ । अखिल नेपाल फुटबल संघ -एन्फा) र नीजि विद्यालयहरुको संस्था हिसानको सहयोगमा यस बर्ष प्रदान गर्न लागिएको एक सय २३ जना बिद्याथीहरु मध्ये कास्कीबाट ११ जना छात्राबृत्तिमा पर्न सफल भएको एन्फा कास्कीका अध्यक्ष खेमबहादुर गुरुङले बताउनु भयो ।

कास्कीबाट छनौट हुने खेलाडीहरुमा सहारा एकेडेमिका रविन पुन, रविन गुरुङ र समिर थापा ३ रहेका छन । यसै गरी अन्य खेलाडीहरुमा संजय गुरुङ, बिधान कार्की, शिवशंकर गुरुङ, कुमार गुरुङ, आसिस केसी, सन्तोस अर्याल, बिशाल गुरुङ, अनिल गुरुङ रहेका छन् । सहारा क्लवबाट पााच जना मध्ये तीन जना छनौट हुन सफल भएका हुन ।

देशभरबाट पहिलो चरणमा छनौट भएका खेलाडीहरुले साउन ७ र ८ गतेको छनौट प्रतियोगितामा सहभागि हुदैछन । पहिलो चरणको छनौटमा परेकेा खेलाडीहरुले साउन ६ गते बिहानसम्म एन्फामा सम्पर्क गर्नुपर्ने छ ।

दोश्रो चरणमा छनौट भएका २२ जना खेलाडीहरुलाई निशुल्क उच्च शिक्षाको साथमा खेलकुदसंगै खाना बस्न पाउने छन् । पहिलो चरणमा छनौट भएका खेलाडीहरुलाई भने उच्च शिक्षामा निशुल्क र फुटबल खेलकुद सामाग्री वितरण गरिने भएको छ । कास्कीबाट ३० जना मध्ये २० जना काठमाडौमा छनौटमा गएकोमा ११ जना पहिलो चरणमा छनौटमा पर्न सफल भएका हुन ।

 



अन्य समाचारहरु