Investigative, Accurate, News Portal
थाइ किक बक्सिङ् खेलाडी मणि कुँवरको संयोजकत्वमा आइतबार नेपाल खेलाडी दस्ता गठन भएको छ । दस्ताद्वारा राजधानीमा आयोजित कार्यक्रममा दस्ताका संयोजक कुँवरले खेलकुदमा राजनीतिक हस्तक्षेपको अन्त्य गर्दै खेलाडीको अधिकार सुनिश्चित गर्न दस्ता गठन गरिएको सार्वजनिक गर्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद् बोर्डमा राजनीतिक नियुक्तिको अन्त्य हुनुपर्ने, खेलाडील बोर्डमा नियुक्ति पाउनुपर्ने व्यवस्थाका लागि सरोकारवालासँग पहल गर्ने दस्ताले जनाएको छ । तीन सय सदस्य रहेको दस्तालाई उपत्यका बाहिरका जिल्लामा विस्तार गर्दै एक लाख सदस्य पुर्याइने लक्ष्य रहेको जनाइएको छ ।
सितोरियो सोबुकानका ध्वजमान मोक्तान, जिम्न्यास्टिकका राजेशमान स्थापित, तेक्वान्दोका कविराज खड्गी, कराँतेका आरके विष्ट, बक्सिङ्का रमेशदास श्रेष्ठ, उसुका गोपाल श्रेष्ठ, क्योकुसिन कराँतेका राजेन्द्र सुवेदी, बुदोकैदोका काजीमान श्रेष्ठ, पौडीका विनोद अधिकारीलगायत दस्तामा आबद्ध छन् ।