Investigative, Accurate, News Portal
राष्ट्रिय खेलकुद परिषद्ले परिषद्का उपाध्यक्षलाई पदमुक्त गरेको निर्णय विरुद्ध बिहीबार सर्बोच्च अदालतमा रिट दायर भएको छ । परिषद्ले पदमुक्त गरेका खेलकुद परिषद्का उपाध्यक्ष पीताम्वर तिमिल्सिनाले दायर गर्नुभएको रिटमा युवा तथा खेलकुदमन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई विपक्ष बनाएको छ ।
रिटमा आफूलाई २०६६ भदौमा खेलकुद विकास ऐन २०४८ बमोजिम राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा चार वर्षसम्मको लागि मनोनयन र परिषद्को अध्यक्षले परिषद् ऐनकै दफा ३ बमोजिम उपाध्यक्ष पदमा चार वर्षका लागि नियुक्ति गरेको उल्लेख छ ।
तिमल्सिनालाई राष्ट्रिय खेलकुद परिषद्ले गत असर २५ गते कार्यालय तोड्फोड गरेको र गोपनियता भङ्ग गरेको आरोप लगाउँदै परिषद्को उपाध्यक्ष पदबाट हटाएको थियो ।