top menu Home Sitemap Our Team

राष्ट्रिय समाचार

हुम्लाका ३३ वटा सरकारी कार्यलय मध्ये १९ वटा कार्यालयहरू प्रमुखविहिन

पोखराखबर डट कम समाचारदाता
काठमाडौँ, १० साउन ।

 हुम्ला जिल्लाका ३३ वटा सरकारी कार्यलय मध्ये यतीबेला १९ वटा कार्यालयहरू प्रमुखविहिन छन् । एक सातादेखि अधिकांस कार्यालयमा प्रमुखहरु नभएपछि जिल्ला राज्यविहीन जस्तै भएको छ ।

हरेक क्षेत्रमा दुर्गम तथा विकटताको उपमा पाएको कर्णाली अञ्चलको हुम्ला जिल्लाको प्रमुख प्रशासनीक कार्यालय जिल्ला प्रशासन कार्यालय, विकासको लागि स्थानिय सरकारको रुपमा स्थापित भएको जिल्ला विकास कार्यालय, सुरक्षाको जिम्मा पाएको जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय, जिल्ला पशु कार्यालय, कोष तथा लेखा नियन्त्रण, जिल्ला कृषि विकास कार्यालय, नेपाल वायुसेवा निगम,  सामुदायिक खानेपानी, जिल्ला आयुर्वेद कार्यलय, जिल्ला भञ्सार कार्यलय, जिल्ला अदालत, जिल्ला वन कार्यलय, घरेलु तथा साना उद्योग विकास कार्यलय, जिल्ला नापी कार्यलय, जिल्ला प्राविधिक कार्यलय, जिल्ला स्वास्थ्य कार्यलय लगायतका कार्यलयहरू एक साता देखि कार्यलय प्रमुख विहिन छन् ।
त्यसैगरी विद्युत प्राधिकरण, जिल्ला कारागार र नेपाल टेलीकम लगायतका कार्यलय प्रमुखहरू जिल्ला बाहिर जान तयार भएका छन् ।  
जिल्लाका विभिन्न स्थानमा कामले आउने स्थानीय बासिन्दाहरु रित्तो  हात र्फकनु परेको छ ।



अन्य समाचारहरु