Investigative, Accurate, News Portal
जीवनलाई चिन्तामुक्त राख्नु नै जीवनको सार्थकता हो । तपाईले आफ्नो जीवनलाई चिन्तामुक्त राख्न सक्नुभएन भने तपाईको रोग त्यहींबाट शुरु हुन्छ । मानिसलाई हरेक खालका चिन्ता पर्छन् । आर्थिक, सामाजिक, व्यवहारिक लगायतका विविध चिन्ता प्रत्येक व्यक्तिमा रहने गरेको हुन्छ ।
कसले कति मात्रामा ती चिन्ताहरुलाई लिएको छ भन्ने फरक मात्र हो । आउनुहोस् आज हामी घरायसी त्यसमा पनि यौन चिन्ताको विषयमा छलफल गरौं । यौन चाहना बयस्क भएपछि सबै युवा-युवती, बुडा बुढीमा कुनै न कुनै प्रकारबाट पलाउँछ त्यो स्वभाविक हो । यदी त्यो चाहना भएन भने त्यो अर्को चिन्ताको विषय हो । यौन सम्बन्ध नितान्त गोप्य सम्बन्ध हो तर पनि यो सम्बन्धका विषयमा तपाई अनभिज्ञ बन्नुभयो भने तपाईले जीवनमा दुःख झेल्नुपर्ने हुन्छ । विवाहपछिको रतीरागमा जुन आनन्द आउला त्यो आनन्दलाई तपाईले जीवनका हरेक क्षणमा उत्तिकै महत्वका साथ रमाउन सक्नुभएन भने त्यसले विस्तारै तपाईहरुबीचमा दरार पैदा गर्छ । हिजो जुन रफ्तारमा तपाईको जीवन चलिरहेको थियो आज त्यो रफ्तारमा जीवन नचल्न सक्छ । यसैले जीवनको हरेक क्षणमा आफूलाई हिजोको स्थितिमा राख्नका लागि तपाई श्रीमान् श्रीमती वा प्रेमी-प्रेमिका दुवै तयार हुनुपर्छ ।
मानिसहरु आफूलाई चिन्तामुक्तका लागि विभिन्न ध्यानकेन्द्रमा पुगेका हुन्छन् । तपाईको जीवनमा आफूलाई चिन्ता मुक्त राख्नका लागि कुनै ध्यानकेन्द्रमा पुग्नुको आवश्यकता छैन । घरैमा बसेर श्रीमान् श्रीमती वा प्रेमी-प्रेमिका बीच रहेर पनि आफ्नो चिन्ता मुक्त गर्न सक्नुहुन्छ त्यो तपाईहरुबीचको सम्बन्धमा भर पर्छ ।
व्यवहारिक जीवनमा आइपर्ने हाम्रो दैनिक काम कारवाहीलाई लिएर घरपरिवारमा जुन चिन्ता आउँछ त्यो चिन्ताबाट मुक्त हुने त्यो समय भनेको तपाई श्रीमान् श्रीमतीबीचको मिलन हो । एकाग्र चित्त लगाएर यदि यौन आनन्दमा लिप्त हुनुभयो भने तपाई कुनै खाले चिन्ताबाट समेत मुक्त बन्न सक्नुहुन्छ ।
यसैले आफ्नो जीवनको प्रत्येक पललाई सुन्दर बनाउनका लागि पनि मनको चिन्ता भगाउनका लागि यौन आनन्दमा लिप्त हुन सक्नुभएन भने तपाईको ८० प्रतिशत चिन्ता त्यहीबाट पलाउन शुरु हुन्छ र त्यो चिन्ताले तपाईलाई गाँज्न थाल्ने छ । यसबाट घर-घरायसी हरेक खालका समस्या शुरु हुन थाल्छ ।
यसैले लोग्ने-स्वास्नीबीचको चिन्तालाई दूर गर्नका लागि वा प्रेमी-प्रेमिकाबीचको दरारलाई हटाउनका लागि यौनक्रीडा सबैभन्दा ठूलो औषधी हो भन्ने तपाई आफूले पनि बुझ्नु र अरुलाई पनि बुझाउनु होला ।