Investigative, Accurate, News Portal
म २२ वर्षीया अविवाहित महिला हुँ । म १६ वर्षको हुँदा २५ वर्षको पुरुषसँग मायाप्रीति बसेको थियो । त्यतिबेला हामी यौनसन्तुष्टि प्राप्त गर्नका लागि चुम्बन गर्ने, स्तन मोल्ने गथ्र्यौ तर शारीरिक सम्पर्क भने राखेका थिएनौं । म उसलाई धेरै विश्वास गर्थें, त्यही भएर हामीबीच त्यस्तो क्रियाकलाप हुन्थ्यो तर उसले चार वर्षअघि अर्कै युवतीसँग विवाह गर्यो । म त्यति मोटी त छैन, तर मेरो स्तन केही ठूलो र झोल्लिएको छ । यही कारणले म एकदमै चिन्तित छु । मलाई सधैं चिन्ता भैरहन्छ । के स्तन मोल्दा स्तनको आकार परिवर्तन हुन्छ ? मैले मेरो यौन जीवनका बारेमा नभने पनि मेरो जीवन साथीले यो कुरा थाहा पाउँछ र?स्तन कसिलो पार्न के गर्नुपर्ला रु बजारमा पाइने ँओ स्तनको विकास बाल्यकालमा केटा र केटीको स्तन उस्तै हुने भए पनि किशोरावस्थामा पुगेपछि इस्ट्रोजन र प्रोजेस्टेरोनजस्ता रागरस ९हार्मोन० हरूको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । धेरैजसो युवतीमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । भ्रूण अवस्थाको ६ सातामा यसको विकास सुरु भए पनि किशोरावस्थामा नपुगेसम्म केटीमा स्तनको विकास सुरु भैसकेको हुँदैन । पूर्व किशोरावस्थामा मुन्टोबाहेक स्तन पूर्ण रूपमा ँसमतल
’ नै हुन्छ भने सुरुको किशोरावस्थामा मुन्टोवरिपरिको भाग बढ्न थाल्छ, स्तनको अन्य भाग पनि भरिएर आउन थाल्छ ।’ ग्रन्थि, बोसो, तथा रेशीय तन्तुले बनेको पिण्ड हो । यो छातीको मांसपेशीको भित्तामा रेशीय तन्तुको स्ट्राण्ड्स, जसलाई कपर लिगामेन्ट भनिन्छ, को मद्दतले टाँसिएको हुन्छ ।
पछिल्लो किशोरावस्थामा भने स्तनमा दूध बनाउने ग्रन्थिको विकास हुनुका साथै तथा बोसोको मात्रामा वृद्धि हुन्छ र मुन्टोवरिपरिको भाग समतल भएर जान्छ । स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । मुख्य रूपमा यसमा भएको बोसोको मात्राले नै यसलाई निश्चित आकार दिन्छ । चिकित्सा विज्ञानको दृष्टिकोणले ँस्तन
स्तनभरि नै बोसोयुक्त तन्तुचाहिँ प्रमुख रूपमा हुन्छ, जसका कारण स्तनले कमलोपन पाएको हुन्छ । तर स्तनमा दूध बनाउने ग्रन्थिहरू, दूधग्रन्थिबाट मुन्टोसम्म दूध ओसार्ने नलीहरू, रेशीय तन्तु हुन्छन् । मुन्टो, मुन्टो वरिपरिको भाग त बाहिरवाट पनि देखिन्छ ।
स्तनको कडापन
यौनजीवनमा स्तनको आकार-प्रकारले महिलाको सौन्दर्य एवं यौनजीवनमा निकै महत्त्व राख्छ । कतिपय समाजमा महिलाका पर्याप्त विकसित अर्थात् ठूला स्तनलाई आकर्षक मानिन्छ । एउटा कुरा के हो भने पुरुषहरू ठूला स्तनप्रति आकषिर्त हुन्छन् । महिलाको सौन्दर्य तथा आत्मसम्मान स्तनको आकारसँग गाँसिएको हुन्छ ।
स्तन आफैं पनि यौनसंवेदनशील अङ्ग हो । यसको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि । स्तनको आकार वा नरमपनमा विविधता भए पनि यौनसुखमा प्राप्तिमा फरक पर्दैन, किनकि स्तनको यौन संवेदनशीलता यी कुरामा भर गर्दैन । स्तनको कडापन पनि यसको महत्त्वपूर्ण पक्ष रहँदै आएको छ । हुन त जति धेरै अन्य व्यक्तिले महिलाको स्तनको दृष्टिगोचर गर्न सक्छन् त्यसको तुलनामा निकै कम अर्को व्यक्तिले स्तनको स्पर्श गर्न पाउँछ । स्तनको स्पर्श नगरी स्तनको वास्तविक कडापन वा गीलोपन थाहा पाउन गाह्रो पनि हुनसक्छ । त्यसैले यहाँ वास्तवमै कडा हुनु वा देखिनुको बीचको फरक पनि विचार गर्नुपर्ने हुन्छ ।
स्वाभाविक रूपमा नै स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा विकास हुँदा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएको हुने भएकाले वयस्क उमेरका महिलाका भन्दा कडा हुन्छ । उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले नरम हुँदै जान्छ । यहाँ कडापनको कुरा गर्दा उमेर र स्तन विकासको कुन चरणमा छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । पहिले सायद किशोरावस्थामा स्तन कसिलो भएको बेलामा नै विवाह हुने भएर नवविवाहिताको स्तन कसिलो हुनुपर्ने मान्यता बसेको हुनसक्छ, तर अचेल विवाह बढी उमेरमा हुने हुँदा स्तन नरम भैसकेको हुन सक्छ ।
श्रीमानले थाहा पाउने भय
स्तनको कडापनमा स्वाभाविक परिवर्तनका बारेमा त थाहा पाई नै सक्नुभएको छ, कुनै पुरुषको स्पर्श वा मोलाई मात्र स्तनको कडापनमा परिवर्तन आउने कारण हो भनेर सोच्नुभएन । अर्को कुरा, तपाईंको भय पनि जायज लाग्दैन, किनकि श्रीमान्ले थाहा पाउन सजिलो कुरा होइन । स्तनलाई मोल्ने पर्याप्त अनुभव सँगालेको भए पनि नरमपन भए नभएको थाहा पाउन सकिए पनि पहिले कुनै पुरुषले स्तन मोलेको भनेर थाहा पाउन गाह्रै छ । स्तनलाई नै स्पर्श हुने अर्को पुरुषको हात मात्र त होइन, दैनिक जीवनको क्रियाकलापजस्तै कि सुत्दा होस् वा नुहाउँदा स्तनमा दबाब पर्ने वा माडिने हुनसक्छ । नारी आफैंले पनि आफ्नो स्तन मोल्न सक्छिन् ।
स्तनमा लगाउने क्रिमले सहयोग गर्छ?
यस्ता क्रिमका उत्पादक कम्पनीहरूले यसले स्तनको आकार अनि कडापन बढ्ने दाबी गर्छन् । उनिहरूका प्रचार सामग्रीमा उपयोग गरिसकेका व्यक्तिहरूको सकारात्मक अनुभवको कुरा पनि प्रशस्त हुने गर्छ । कतिपय कम्पनीले राम्रोसँग परिक्षण गर्ने गरेको कुरा पनि गर्छन् ।
कतिपय कम्पनीले आफ्ना यस्ता उत्पादनमा के-कस्ता कुरा वा रसायन छन् भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गर्दैनन् । इस्ट्रोजेनजस्ता हार्मोनको स्तनको आकारमा सकारात्मक प्रभाव हुने गर्छ र केही उत्पादनमा यी हार्मोन पनि हुन्छन् । अमेरिकी एफडिएका अनुसार यस्ता उत्पादन प्रभावकारी भएको भेटिएको छैन र चिकित्सकको सिफारिसविना नै बिक्री-वितरण गर्न मिल्ने यस्ता उत्पादनमा इस्ट्रोजन भए पनि सोको मात्रा एकदमै थोरै हुने भएकाले त्यसले अपेक्षित प्रभाव पार्दैन ।