Investigative, Accurate, News Portal
जिल्लाको उत्तरी विकट गाउा थुमिमा युथफोर्सका गोरखा जिल्ला अध्यक्ष श्री कृष्ण काप्रीको कुटाईका कारण वडा नं. १ मान्द्रेका सुब्बा कार्की गम्भीर घाइते भएका छन् । घाइतेको आरुघाट स्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको छ । उपचारमा संलग्न चिकित्सकले अवस्था गम्भीर रहेको बताएका छन् । केही समय अगाडि आ
ˆनै श्रीमती वसन्ती काप्रीलाई मरणासन्न हुने गरी कुटेका काप्री हाल नेकपा एमाले तनहुा जिल्लाको संरक्षणमा रहेको गाउालेहरुले बताएका छन् ।
पिडितले प्रहरीमा उजुरी गरेपनि अझै सम्म कुनै सुनुवाई भएको छैन । यस अघि पनि स्थानीय गाउालेहरुलाई कुटेर सताउने गरेका काप्रीमाथि हदैसम्मको कारवाही हुनुपर्ने पिडितहरुले माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाले भने पिडितले दिएको जानकारी अुनसार अपराधीको खोजी भैरहेको बताउनुभएको छ । युथफोर्सको अध्यक्ष हुा भन्दै गाउामा सर्वसाधरणमाथि जबरजस्ती चन्दा आतंक मच्चाउने र कुटपिट गर्ने कार्यमा विगत लामो समयदेखि काप्री सक्रिय भएको पिडित कार्कीले बताउनुभयो ।