१९ औं विश्वकप फुटबल
दक्षिण अफ्रिकामा समपन्न १९ औं बिश्व कप फुटबल प्रतियोगितामा डियागो फोर्लानलाइ गोल्डेन बल तथा थोमस मुलरलाइ गोल्डेन बुट
पोखराखबर डट कम समाचारदाता
काठमाडौं, २८ असार ।
दक्षिण अफ्रिकामा सम्पन्न् भएको १९ औं बिश्व कप फुटबल प्रतियोगितामा उरूग्वेका डिएगो फोर्लानले गोल्डेन बल पाएका छन्। १९ मे १९७९ मा जन्मेका ५ फुट १० इन्च अग्ला ३१ बर्षिय फोर्लान व्यवसायिक रूपमा एट्लेटिक्सको म्याड्रिडका लागि खेल्ने गर्दछन्। उनले यस बिश्वकपमा २९ बललाइ गोल पोष्टमा प्रहार गरेकोमा २० वटा पोष्टमा तथा ९ बटा बाहिर हिर्काएका थिए। उनले घानाको बिरूध्द ट्राइ ब्रेकरमा एक पेनाल्टी सहित यस बिश्व कपमा ६ गोल प्रहार गरेका थिए।
दक्षिण अफ्रिकामा सम्पन्न् भएको १९ औं बिश्व कप फुटबल प्रतियोगिताको ६ खेलमा ५ गोल गर्ने जर्मनीका थोमस मुलरले गोल्डेन बुट पाएका छन्। १३ सेप्टेम्बर १९८९ मा जन्मेका ६ फुट १ इन्च अग्ला २० बर्षिय मुलर व्यवसायिक रूपमा ब्रायन म्यूनिकका लागि खेल्ने गर्दछन्। उनले यस बिश्वकपमा १२ बललारइ गोल पोष्टमा प्रहार गरेकोमा ८ वटा पोष्टमा तथा ४ बटा बाहिर हिर्काएका थिए।
यस बिश्व कपमा जर्मनीका थोमस मुलर, उरूग्वेका डियागो फोर्लान, स्पेनका डेभिड भिल्ला तथा नेदरल्याण्डका वेस्ले स्नीज्दरले ५,५ गोल गरेका थिए। तर जर्मनीका यूवा मूलरले ३ गोल गर्न सहयोग गरेबाट उनलाइ गोल्डेन बुट प्रदान गरिएको हो। उरूग्वेका डियागो फोर्लानले १, स्पेनका डेभिड भिल्लाले १ तथा नेदरल्याण्डका वेस्ले स्नीज्दरले २ गोल गर्न सहयोग गरेको थियो।+
अन्य समाचारहरु
- मलेसियामा एकको मृत्यु
बिस्तृत समाचार
- दक्षिण अफ्रिकामा समपन्न १९ औं बिश्व कप फुटबल प्रतियोगितामा डियागो फोर्लानलाइ गोल्डेन बल तथा थोमस मुलरलाइ गोल्डेन बुट
बिस्तृत समाचार
- २०१० को बिश्व कप बिजेताको उपाधि स्पेनले जित्न सफल, खेलको ११६ औं मिनेटमा स्पेनका इनेष्टाले गरेको मात्र एक गोल निणर्ायक गोल
बिस्तृत समाचार
- जर्मनी तेस्रा, उरूग्वे लार्इ ३-२ ले हरायो
बिस्तृत समाचार
- स्पेन विश्वकप फुटबलको फाइनलमा, उपाधीका लागि नेदरल्याण्डसँग भिड्ने
बिस्तृत समाचार
- १९७८ पछी फेरी नेदरल्याण्ड फाइनलमा, युरोपेली राष्ट्रले पनि बाहिरी महादेशमा बिश्वकप जित्ने पक्का
बिस्तृत समाचार
- सेमीफार्इनलमा यूरोपियन बचर्श्व कायम, ३ वटा यूरोपियन टोली सेमीमा, स्पेन सेमीफार्इनलमा
बिस्तृत समाचार
- अर्जेन्टिनाको लज्जास्पद पराजय, जर्मन सेमीफार्इनलमा
बिस्तृत समाचार
- उरुग्वे सेमीफाइनलमा, घानालाई धक्का
बिस्तृत समाचार
- ब्राजिल बिश्व कपबाट बाहिरियो, नेदरल्याण्डले सेमीफाइनलमा प्रवेश
बिस्तृत समाचार
- पाराग्वे र स्पेन अन्तिम आठमा प्रवेश
बिस्तृत समाचार
- स्पेनद्वारा पोर्चुगल एकमात्र गोलले पराजित, स्पेनले क्वाटरफाइनलमा पाराग्वेसंग भीड्ने
बिस्तृत समाचार
- एसियाली चुनौतीको अन्त, पाराग्वे द्वारा जापान पेनाल्टीमा पराजित
बिस्तृत समाचार
- ब्राजिल द्वारा चीली ३-० ले पराजित, ब्राजिलका रोबिन्हो म्यान अफ द म्याच
बिस्तृत समाचार
- नेदरल्याण्ड क्वाटरफाइनलमा प्रवेश, नेदरल्याण्डद्वारा स्लोभाकिया २-१ ले पराजित
बिस्तृत समाचार