१९ औं विश्वकप फुटबल
जर्मनी तेस्रा, उरूग्वे लार्इ ३-२ ले हरायो
पोखराखबर डट कम समाचारदाता
काठमाडौँ, २७ असार ।
अक्टोपसको सातौं भविष्यवाणी पनि मिल्न गएको छ। अक्टोपसले यस बिश्वकपमा जर्मनी तेस्रा हुने भविष्यवाणी गरेको थियो। दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीले उरूग्वेलाइ ३-२ ले पराजित गरेको छ।
दुबै टोलीले खेलमा एक अर्का माथी हावी हुने प्रयास गरेता पनि जर्मनीले अन्तमा खेलमा राम्रो प्रदर्शन गरेर बिजयी हासिल गरेको थियो। यस खेलमा दुबै टोलीका खेलाडीहरूमा निकै परिवर्तनहरू भएको थियो। जर्मनीले नँया खेलाडीहरू राखेका थिए भने उरूग्वेले कप्तान लुगानोका साथ अघिल्लो खेल खेल्न नपाएका फुसिल र स्वराज पनि खेलमा फर्केका थिए।
जर्मनीको तर्फबाट खेलको यूवा खेलाडी थोमस मूलरले खेलको १९ औं मिनेटमा जर्मनकालागि पहिलो गोल गरेका थिए। यसको ९ मिनेट पछी उरूग्वेका एडीन्सनले उरूग्वेको तर्फबाट गोल फर्काएर बरावरीमा पुर्याएको थियो। मध्यान्तर सम्म दुबै टोली १-१ बरावरीमा रहेका थिए।
मध्यान्तरपछी खेलको १९ औं मिनेटमा उरूग्वेका डिएगो फोरलानले गोल गर्दै उरूग्वेलार्इ २-१ अगाडी पुर्याएको थियो। तर खेलको ५६ औं मिनेटमा जर्मनकालागि मार्सिल जोनसनले गोल फर्काएर बरावरीमा पुर्याएको थियो। जर्मनीको तर्फबाट खेलको ८२ औं मिनेटमा खेदिराले टाउकोले गोल गर्दै जर्मनीलार्इ तेस्रो स्थान दिलाएको थियो।
अन्य समाचारहरु
- मलेसियामा एकको मृत्यु
बिस्तृत समाचार
- दक्षिण अफ्रिकामा समपन्न १९ औं बिश्व कप फुटबल प्रतियोगितामा डियागो फोर्लानलाइ गोल्डेन बल तथा थोमस मुलरलाइ गोल्डेन बुट
बिस्तृत समाचार
- २०१० को बिश्व कप बिजेताको उपाधि स्पेनले जित्न सफल, खेलको ११६ औं मिनेटमा स्पेनका इनेष्टाले गरेको मात्र एक गोल निणर्ायक गोल
बिस्तृत समाचार
- जर्मनी तेस्रा, उरूग्वे लार्इ ३-२ ले हरायो
बिस्तृत समाचार
- स्पेन विश्वकप फुटबलको फाइनलमा, उपाधीका लागि नेदरल्याण्डसँग भिड्ने
बिस्तृत समाचार
- १९७८ पछी फेरी नेदरल्याण्ड फाइनलमा, युरोपेली राष्ट्रले पनि बाहिरी महादेशमा बिश्वकप जित्ने पक्का
बिस्तृत समाचार
- सेमीफार्इनलमा यूरोपियन बचर्श्व कायम, ३ वटा यूरोपियन टोली सेमीमा, स्पेन सेमीफार्इनलमा
बिस्तृत समाचार
- अर्जेन्टिनाको लज्जास्पद पराजय, जर्मन सेमीफार्इनलमा
बिस्तृत समाचार
- उरुग्वे सेमीफाइनलमा, घानालाई धक्का
बिस्तृत समाचार
- ब्राजिल बिश्व कपबाट बाहिरियो, नेदरल्याण्डले सेमीफाइनलमा प्रवेश
बिस्तृत समाचार
- पाराग्वे र स्पेन अन्तिम आठमा प्रवेश
बिस्तृत समाचार
- स्पेनद्वारा पोर्चुगल एकमात्र गोलले पराजित, स्पेनले क्वाटरफाइनलमा पाराग्वेसंग भीड्ने
बिस्तृत समाचार
- एसियाली चुनौतीको अन्त, पाराग्वे द्वारा जापान पेनाल्टीमा पराजित
बिस्तृत समाचार
- ब्राजिल द्वारा चीली ३-० ले पराजित, ब्राजिलका रोबिन्हो म्यान अफ द म्याच
बिस्तृत समाचार
- नेदरल्याण्ड क्वाटरफाइनलमा प्रवेश, नेदरल्याण्डद्वारा स्लोभाकिया २-१ ले पराजित
बिस्तृत समाचार