top menu Home Sitemap Our Team

१९ औं विश्वकप फुटबल

१९७८ पछी फेरी नेदरल्याण्ड फाइनलमा, युरोपेली राष्ट्रले पनि बाहिरी महादेशमा बिश्वकप जित्ने पक्का

पोखराखबर डट कम समाचारदाता
काठमाडौं, २३ असार ।

दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत भएको पहिलो सेमीफाइनलमा नेदरल्याण्डले उरूग्वेलार्इ ३-२ ले पराजित गरेर फाइनलमा प्रवेस गरेको छ। अब नेदरल्याण्डले फाइनलमा बुधबार जर्मनी तथा स्पेन बीचको खेलका बिजेतासंग उपाधीका लागि भिड्ने भएको छ। यसबाट बिश्वकपको इतिहाँसमा युरोपेली राष्ट्रले पनि बाहिरी महादेशमा बिश्वकप जित्ने पक्का भएको छ। यस जितका साथ नेदरल्याण्डले आफ्नो २५ खेलको अपराजित यात्रा कायमै राखेको छ। नेदरल्याण्डले यस बिश्वकपमा हालसम्म खेलेको सबै खेलहरूमा बिजयी भएको छ। आजको खेलमा पनि नेदरल्याण्डका वेस्ले स्नेज्दर म्यान अफ द म्याच भएका थिए।

यस खेलमा पनि निर्णायकहरूको भुल गरेबाट यस बिश्वकपमा फिफालार्इ थप दवाब परेको छ। १८ औं मिनेटमा भ्यान पर्सीले हानेको फललार्इ नजिकै रहेका निर्णायकले नदिए लगत्तै नेदरल्याण्डले गोल गरेको तथा खेलको ७० औं मिनेटको गोल दीएतापनि अफ सार्इड गोल हो की भन्ने प्रश्न उठेको छ।

खेलको शुरू देखीनै नेदरल्याण्डले आक्रमक खेल खेलेको थियो भने उरूग्वेले रक्षात्मक खेल खेलेको थियो। बीच बीचमा दुबै टोलीले डरलाग्दा आक्रमणहरू गररेका थिए। उरूग्वेको शक्तिशाली रक्षापंक्तीलार्इ भेड्न नेदरल्याण्डलार्इ निकै मुश्किल परेको थियो, तर खेलको १८ औं मिनेटमा भ्यान पर्सीले हानेको फललार्इ नजिकै रहेका निर्णायकले नदिए लगत्तै नेदरल्याण्डका कप्तान ब्रोन्खोष्टले ३० गज टाढाबाट उतकृष्ट गोल गरेका थिए। हुन त खेलमा यस बाहेक दुबैटोलीले मध्यान्तर अगाडी एक दुर्इबटा राम्रो मौका पाएको भएतापनि गोल भने गर्न सकेन। खेलको २१ औं मिनेटमा उरूग्वेका परेराले पहेलो कार्ड पाएका थिए। यस्तै खेलको २९ औं मिनेटमा उरूग्वेका क्यासेरेसले पहेलो कार्ड पाएका थिए तर यसै धक्कामुक्कीमा नेदरल्याण्डका स्नेज्दरले समेत पहेलो कार्ड पाएका थिए। पछी खेलको ४१ औं मिनेटमा उरूग्वेका सुप्रिसिध्द खेलाडी डियागो फोर्लानले डी बाहिरबाट हानेको प्रहार गोलकिपर स्टेक्लेनबर्गले देब्रे हातले पन्च गर्दा पोष्ट भित्र पसेर गोल हुन पुगेको थियो।

मध्यान्तर पछाडी दुबै टोलीले खेललार्इ गती प्रदान गरेको थियो। यस माथीपनि उरूग्वेले पहिलो भागमा भन्दा राम्रो खेलेको थियो। खेलको ६८ औं मिनेटमा नेदरल्याण्डले गोल गर्ने राम्रो प्रयास गरेकोमा उरूग्वेका गोली मुस्लेराले राम्रो बचाउ गरेका थिए। यसको केही समय पछी नेदरल्याण्डले उतकृष्ट आक्रमण गरी गोल प्रहार गरेको थियो। तर खेलको ७० औं मिनेटमा नेदरल्याण्डका स्नेज्दरले हानेको बल गोल दीएतापनि अफ सार्इड गोल हो की भन्ने भान परेको थियो। तर फेरी यसको लगत्तै खेलको ७३ औं मिनेटमा नेदरल्याण्डका रूबेनले टाउकोले गोल गर्दै नेदरल्याण्डलार्इ फार्इनलको बाटो पक्की गरेको थियो। खेलको ७८ औं मिनेटमा उरूग्वेका बोलारूजले पहेलो कार्ड पाएका थिए। खेलको ९० औं मिनेटमा उरूग्वेका पेरेराले उरूग्वेका तर्फबाट दोस्रो गोल गरेका थिए। तर यस पछी उरूग्वेका लागि तेस्रो गोल गर्ने निकै प्रयास गरेको थियो। खेलको अन्ततीर नेदरल्याण्डका भ्यान बोमेलले पहेलो कार्ड पाएका थिए।



अन्य समाचारहरु

  • मलेसियामा एकको मृत्यु बिस्तृत समाचार
  • दक्षिण अफ्रिकामा समपन्न १९ औं बिश्व कप फुटबल प्रतियोगितामा डियागो फोर्लानलाइ गोल्डेन बल तथा थोमस मुलरलाइ गोल्डेन बुट बिस्तृत समाचार
  • २०१० को बिश्व कप बिजेताको उपाधि स्पेनले जित्न सफल, खेलको ११६ औं मिनेटमा स्पेनका इनेष्टाले गरेको मात्र एक गोल निणर्ायक गोल बिस्तृत समाचार
  • जर्मनी तेस्रा, उरूग्वे लार्इ ३-२ ले हरायो बिस्तृत समाचार
  • स्पेन विश्वकप फुटबलको फाइनलमा, उपाधीका लागि नेदरल्याण्डसँग भिड्ने बिस्तृत समाचार
  • १९७८ पछी फेरी नेदरल्याण्ड फाइनलमा, युरोपेली राष्ट्रले पनि बाहिरी महादेशमा बिश्वकप जित्ने पक्का बिस्तृत समाचार
  • सेमीफार्इनलमा यूरोपियन बचर्श्व कायम, ३ वटा यूरोपियन टोली सेमीमा, स्पेन सेमीफार्इनलमा बिस्तृत समाचार
  • अर्जेन्टिनाको लज्जास्पद पराजय, जर्मन सेमीफार्इनलमा बिस्तृत समाचार
  • उरुग्वे सेमीफाइनलमा, घानालाई धक्का बिस्तृत समाचार
  • ब्राजिल बिश्व कपबाट बाहिरियो, नेदरल्याण्डले सेमीफाइनलमा प्रवेश बिस्तृत समाचार
  • पाराग्वे र स्पेन अन्तिम आठमा प्रवेश बिस्तृत समाचार
  • स्पेनद्वारा पोर्चुगल एकमात्र गोलले पराजित, स्पेनले क्वाटरफाइनलमा पाराग्वेसंग भीड्ने बिस्तृत समाचार
  • एसियाली चुनौतीको अन्त, पाराग्वे द्वारा जापान पेनाल्टीमा पराजित बिस्तृत समाचार
  • ब्राजिल द्वारा चीली ३-० ले पराजित, ब्राजिलका रोबिन्हो म्यान अफ द म्याच बिस्तृत समाचार
  • नेदरल्याण्ड क्वाटरफाइनलमा प्रवेश, नेदरल्याण्डद्वारा स्लोभाकिया २-१ ले पराजित बिस्तृत समाचार