top menu Home Sitemap Our Team

प्रवासी समाचार

टेक्सासमा नेपाली युवकको मृत्यु

पोखराखबर डट कम समाचारदाता
काठमाडौँ, १३, साउन ।

युनिभर्सिटी अफ टेक्सासमा स्नातकोत्तरमा अध्ययनरत २६ वर्षीय विपीन थापाको अर्विङस्थित स्थानीय हाइवे १८३ र १६१ को इन्टरसेक्ससन नजिकै कार दूर्घटनामा परी गत आइतबार राति निधन भएको छ । पाटन बागडोल निवासी डा. बलराम थापाका दुई छोरामध्ये जेठा विपीन ६ वर्षअघि अध्ययनका लागि अमेरिका आएको नेपालीपोस्टले जनाएको छ । बाबु बलराम भने केयर इन्टरनेसनलअन्तर्गत तान्जिनियामा कार्यरत छन् ।


विपीनसँगै यात्रा गरिरहेका अर्का एक लामा थरका यात्रुलाई भने सामान्य चोटपटक लागेको र सोही राति अस्पतालबाट घर फर्केको विपीनका नातेदार बेलु थापाले बताए ।

बेलुका अनुसार विपीनले चलाएको द्रुत गतिको कार हाइवेबाट एक्जिट गर्ने ठाउँमा पल्टिएको थियो । उनले सिटबेल्ट नलाएका कारण ४-५ पटक पल्टिँदा झ्यालबाट उछिट्एर घटनास्थलमै मृत्यु भएको प्रहरीलाई उधृत गर्दै उनले जानकारी दिए ।


अन्य समाचारहरु