top menu Home Sitemap Our Team

प्रवासी समाचार

मलेसियामा नेपालीद्वारा आत्महत्या

पोखराखबर डट कम समाचारदाता
काठमाडौँ, ८ साउन ।

मलेसियाको जोहोर राज्यमा एक नेपाली मजदुरले झुन्डिएर आत्महत्या गरेका छन् ।  तिन वर्ष अघि देखी जोहोर राज्यको मसाई भन्ने ठाउको स्विफ्ट पैक कम्पनीमा काम गर्दे आएका श्रीपुर ५ कैलालीका करिब २१ वर्षीय सुरेन्द्र खडायतले झुन्डिएर आत्माहत्या गरेको खुल्न आएको छ ।
सुरेन्द्र दुई हप्ता पहिले ज्वरो आएर बिरामी भएका थिए बिरामी हुँदा नजिकैको मेडिकलमा गएर चेक गराउदा डाक्टरले एचआईभी पोजिटीभका लक्षण देखिएको बताएको थियो । डाक्टरको सल्लाहपछि सुरेन्द्र मानसिकरुपमा निकै बिचलीत हुदै आएका थिए । यहीह बिचलनका कारण उनले आत्माहत्या गरेको सुरेन्द्रका सहकर्मीले जनाएका छन् । सकर्मीहरु भन्छन् बिहीबार राती १२ बजेपछि सुरेन्द्र कोठाबाट फुत्त बाहिर निस्किएका थिए । फुत्त बाहिर निस्किएपछि लामो समय बिती सक्दा पनि उनी बिहानसम्म कोठा र्फकेर आएनन्।  हामी सबै जनाले खोजी थाल्यौं कहीं कतै पत्तो लागेन, बिहान ७ः४० बजे होस्टेल पछाडी रहेको फुलबल चौरको छेवैमा झुन्डिएको अबस्थामा फेला परे । गएर हेर्दा सुरेन्द्रले संसार छोडिसकेका रहेछन् । त्यो अबस्था देखेपछि पुलिसलाई बोलायौं पुलिस आएर घटनाको सबै बिवरण सहित सुरेन्द्रको मृत लाश पनि संगै अस्पताल लगेर गएको छ।’
यहाँ पछिल्लो समयमा आएर आत्महत्या गर्नेहरुको संख्या आकाशिदो छ जुलाईमा मात्र ८ जना मजदुरले गरिसकेका छन ।   डिबी संघर्ष/क्वालालम्पुर



अन्य समाचारहरु