top menu Home Sitemap Our Team

प्रवासी समाचार

साजन तिमिल्सिना नेपाल भागेको अमेरिकी प्रहरीको आशंका

पोखराखबर डट कम समाचारदाता
काठमाडौँ, ६ साउन ।

कार दुर्घटनामा तीन किशोरीलाई मारेको तथा मादक पर्दाथ सेवन गरि गाडी चलाएको अभियोग लागेका अमेरिकाको टेस्सास निवासी नेपाली साजन तिमिल्सिना नेपाल भागेको अमेरिकी प्रहरीले आशंका गरेको छ । उनी दुर्घटना भएको दिन वा भोलि पल्ट नै कतार हुँदै नेपाल भागिसकेको अनुमान प्रहरीले गरेको अमेरिकाबाट सञ्चालिन नेपाली मिडिया नेपाली पोष्टले जनाएको छ ।

अधिकारीहरुका अनुसार जुलाई ९, शुक्रवार राति १:३० बजे ह्युस्टनको उत्तरपुर्वको ३९ हाइवेको इन्टरसेक्सनमा रातो बत्तिमा गाडी हाँकेर तिमिल्सीनाले अर्को साइटबाट आएको फोर्ड एसयुभी मोटरलाई ठक्कर दिएका थिए । उक्त एसयुभीमा सवार सात जना मध्ये दुई किसोरी एभिकाना कोर्टेज, वर्ष १३, रासुण्डा रेइग वर्ष १७, को घटना स्थलमै मृत्य भएको थियो भने डेटि्रहाना डेभिस वर्ष १३ लाई अस्पतालमा लगेर उपचार गर्दा गर्दै शनिवार मृत घोषित गरिएको थियो । अनुसन्धान अधिकारीहरुका अनुसार गाडीमा सबार सातै जनाले सिट वेल्ट लगाएका थिएनन् ।   

 
तिमिल्सीनाले प्रहरीलाई दिएको वयानमा आफुले आफ्नो भाईको टोयोटा क्याम्री कार चलाएको र आफु १६ घण्टा काम गरको कारण थाकेकोले कहाँ जाने थाह नभएको र हरियो बत्ति संझेर रातो वत्तिलाई नाघ्दा उक्त दुर्घटनाको हुन गएको वताएका थिए । प्रहरीले अदालतमा पेश गरेको अभियोगपत्रका अनुसार, तिमिल्सीनाले घटनास्थलमा प्रहरीले मादक पदार्थ जाँच गर्न खोज्दा नमानेको तर पछि उनको रक्त नमुना परिक्षणमा गर्दा उनको रगतमा अल्कोहलको मात्रा ०।१२७ देखि ०।१६२ सम्म पाएको जनाइएको छ । टेक्सास राज्यको कानुन अनुसार रगतमा अल्कोहल मात्रा ०।०८ भन्दा बढि भएकोलाई मादक पदार्थ सेवन गरि गाडि चलाएको अपराध मानिन्छ । रगत जाँचपछि उनले प्रहरीसमक्ष आफुले एक चौथाई १२ आउन्सको कोरोना वियर साँझ पिएको वताएका थिए ।
 
उनलाई प्रहरीले पक्राउ आदेश जारी गरेको छ ।  स्थानिय संचार माध्यमहरुका अनुसार उनको अभियोग सहि ठहरिएमा उनलाई ६० वर्षसम्म जेल सजाय हुन सक्नेछ ।
 



अन्य समाचारहरु