Investigative, Accurate, News Portal
बेलायत सरकारको बोर्डर एजेन्सीले बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीका निम्ति व्यवस्था गरिएको “टायर४ भिसा प्रणाली” नेपाली विद्यार्थीका निम्ति बिहीबारदेखि आंशिक खोलेको छ । काठमाडौँस्थित बेलायती राजदूतावासद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा हालका निम्ति स्नातकोत्तर र पोस्टग्राजुएट अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका निम्ति सो भिसा खुला गरिएको छ । राजदूतावासले यही साउन २७ गतेदेखि अन्य तहको अध्ययनका निम्ति समेत भिसा खुला गर्ने जनाएको छ ।
नेपाली, भारतीय र बङ्गलादेशी विद्यार्थीको अत्यधिक चाप भएको जनाउँदै बोर्डर एजेन्सीले गत वर्ष माघ १८ गतेदेखि टायर४ भिसाको व्यवस्था स्थगन गरेको थियो ।
नक्कली कागजात पेस गरी उक्त सुविधा लिएको पत्ता लागेमा त्यस्ता भिसा खारेज गर्ने र १० वर्षसम्मका निम्ति कुनै पनि किसिमको भिसामार्फत बेलायत प्रवेश गर्न अनुमति नदिइने विज्ञप्तिमा जनाइएको छ ।