top menu Home Sitemap Our Team

अपराध समाचार

पूर्व प्रेमिकासँग मिलेर बिहे गरेको बाईस दिनमै श्रीमतीको हत्या

ओम हमाल
पोखरा, ४ साउन ।

हनिमुन मनाउने बहाना बनाई पर्यटकीय नगरी पोखरा ल्याएर काठमाडौका एक यूवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काठमाडौको काभ्रेथली चण्डोलका १९ बषिर्य सरोज फुयाँलले पूर्व प्रेमिकासँग मिलेर, बिहे गरेको २२ दिनमै १८ बषिर्या श्रीमती अञ्जु फुयाँलको घँाटी थिचेर हत्या गरेका हुन् ।

पोखराको लेकसाइडस्थित डिहिकोपाटनमा रहेको होटल मदरल्याण्डको कोठा नम्बर २ सय ८ मा श्रीमतीको हत्या गरेर काठमाडौ पुगेका सरोजलाई काठमाडौ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, उनले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

सरोजले असार १० गते धुम्बाराहीकी अञ्जु खनालसाग मागी विबाह गरेका थिए । साउन दुई गते पोखरा आएका सरोज श्रीमतीको हत्या गरेर तीन गते काठमाडौ पुगेका थिए ।

सरोजले आफ्नी पूर्व प्रेमिका कोपिला फुयाँलको सल्लाह अनुसार श्रीमतीको हत्या गरेको बताएका छन् । प्रहरीले सरोजकी पूर्वप्रेमिका काठमाडौ गोलढुंगाकी कोपिला फुयाँललाई पनि नियन्त्रणमा लिएको छ ।

पूर्व प्रेमिका कोपिलाले किन बिहे गरेको रु मलाई छाडे आत्महत्या गर्छु भनेर आफुलाई धम्क्याउन थालेको र अञ्जुलाई छाड्छु भन्दा तह लगाउन कोपिलाले उक्साएकोले हत्या गरेको प्रहरी समक्ष सरोजले बताएका छन् । सरोजले विगत पााच बर्षदेखि कोपिलासँग प्रेम गर्दै आएका थिए ।

आफ्नो ईच्छा भन्दा पनि बाबुआमाको जर्वजस्तीले विवाह गरेको भनी पे्रमिकालाई सम्झाउदा पनि नमानेर अञ्जुको हत्या गर्न कोपिलाले सल्लाह दिएपछि दुवैको योजना अनुसार साउने संक्रातीमा माईती गएकी अञ्जुलाई सपिङ गर्न र हनिमुन मनाउने भन्दै सरोजले उनकै माईतबाट सिधै पोखरा लिएर आएका थिए ।

सरोजले प्रहरीलाई दिएको बयानका आधारमा काठमाडौ प्रहरीले कास्की प्रहरीलाई घटनाको बारेमा जानकारी गराएपछि मंगलबार बिहान २ बजे मदरल्याण्ड होटलमा पुगेको प्रहरी टोलीले बाहिरबाट सााचो लगाएको कोठा भित्र, मुखमा तन्नाको बुझो लगाएको अवस्थामा अंजुको शव फेला पारेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक बेलप्रसाद पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार कोठाभित्र बिष समेत भेटिएको थियो । उनको बयान अनुसार अञ्जुलाई जर्वजस्ती बियर पिउन लगाएर लठ्ठएिपछि घााटी थिचेर हत्या गरेका थिए । अञ्जुको हत्या गरेर काठमाडौ पुगेको भोली पल्ट साउन तीन गते हनिमुन मनाउन पोखरा जाादा आफ्नो श्रीमतीलाई पााच जनाको समुहले अपहरण गरेको उजुरी दिन महानगरिए प्रहरी वित्त पुगेका सरोजलाई शंका लागेर प्रहरीले सोधपुछ गर्दा घटना सार्वजनिक भएको हो ।

घटनास्थल पोखरा भएकोले पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानको लागि पोखरा पठाईने महानगरिए प्रहरी वित्त महाराजगंजका प्रहरी नायव उपरिक्षक दिपक थापाले जानकारी दिए । अंजुको हत्या भएको होटलका संचालक राम त्रिपाठीले पनि प्रहरी पुगेपछि मात्र थाहा पाएका थिए । साउन दुई गते दिउासो चार बजे होटलमा पुगेकेा उनीहरुले एक छाक खाना होटलमा खाएको बताइएको छ ।

ुमारे पाप पाले पुण्यु भन्दै असार १० गते कन्यादान गरेका मृतक अंजुका पिता नवराज खनाल भावविव्होल अवस्थामा काठमाडौबाट पोखरा आई हत्याको जाहेरी दिएका छन् । मृतकको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको जिल्ल्ाा प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।



अन्य समाचारहरु