top menu Home Sitemap Our Team

अपराध समाचार

अन्नपूर्ण पदयात्रामा जाने पर्यटक लुट्ने पााचजना लुटेरा पक्राउ

कृष्णप्रसाद अधिकारी,
लमजुङ, ३ साउन ।

अन्नपूर्ण पदमार्गमा हिाडेका पर्यटकको साथवाट नगद लुटेर भागेका पााचजनालाई मनाङ प्रहरीले पक्राउ गरेको छ । निर्माणाधिन वेसीशहर-चामे सडकमा कार्यरत झापा भईलातुम्बा गाविस १ का विवेक तामााङ, चितवन लोथर १ का सुजन लामा, लोथर २ का मानबहादुर तामाङ, लोथर ३ वस्ने विवेक चेपाङ र मकवानपुर मनोहरी गाविस २ बस्ने राज तामाङलाई सीमा प्रहरी चौकी धारापानीका प्रहरीले पक्रेको हो ।

तीनहजार लुटेर भागेका लुटेराहरुवाट २ हजार ८ सय ३० रुपैाया बरामद गरेको धारापानी सीमा प्रहरीलाई उद्धत गर्दै जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पक्राउ परेका पााचजनाले पर्यटकहरुलाई लुटेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

गत असार २५ गते राती मनाङको धारापानी गाविस ९, निगालाघारीमा क्याम्प बनाएर बस्दै गरेको अवस्थामा पााचजना पर्यटक लुटिएका थिए ।

आफू लुटिएपछि फर्केका पर्यटकले सीमा प्रहरी चौकी धारापानी मनाङ र जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका थिए । अन्नपूर्ण पदमार्गमा केही महिना यता पर्यटकलाई लुट्ने क्रम बढेको छ ।



अन्य समाचारहरु