Investigative, Accurate, News Portal
लेखनाथ नगरपालिका वडा नं. ९ का वासिन्दाले ५५ लाख रुपैयाको वाटो निर्माण योजनामा व्यापक भ्रष्टाचार भएको भन्दै दबाबस्वरुप छानविनको माग राखेर लेखनाथ नगरपालिकामा धर्ना दिएका छन् । र्याले-भानुचौतारा- स्याङखुदी वाटो निर्माण समितिले ५५ लाख रुपैयाको वाटो निर्माण योजनामा २० लाख भन्दा वढी भ्रष्ट्राचार गरेको भन्दै स्थानीयवासिले छानविनका लागि दबाब दिन लेखनाथ नगरपालिकामा धर्ना दिएका हुन् । सयभन्दा वढीको संख्यामा नगरपालिका कार्यालयमा पुगेका उनीहरुले कार्यकारी अधिकृत नारायणप्रसाद ज्ञवालीको कायकक्ष घेराउ गर्दै सडक निर्माणमा भएको घोटालाको छानविनको माग गरेका थिए । वाटो निर्माण समितिले फर्जि विल वनाएर नगरपालिकावाट रकम भुक्तानी लिई आयोजनामा खर्च नगरेको उनीहरुले आरोप लगाएका छन् । समितिले वोल्डर वोक्ने ट्याक्टरलाई दिएको १ लाख ११ हजारको विलको सट्टा ४ लाख ९८ हजार, त्यसैगरी ६ सय रुपैयाको चिया खर्चको सट्टा २ हजार, डोजरमा राखिएको इन्धन, ठेकेदारलाई कमिशनको आधारमा वाटो निर्माणको जिम्मा दिई अनियमितता गरेको आरोप समेत स्थानीय वासिन्दाले लगाएका छन् । १८ सय मिटर सडक वनाउन निकासा भएको रकम ८ सय मिटर सडक पनि नवनाई रकम अनियमितता गरिएको वाटो समिति अन्तर्गत गठित लेखा समितिका सदस्य लोकबहादुर गुरुङले बताउनु भयो । गाडी चलिरहेको वाटोमा डोजर लगाएर झन चल्न नसक्ने वनाएको वहााले आरोप लगाउनुु भयो । समितिले पेश गरेको विल भरपाई उपलब्ध गराउन नगरपालिकासाग अनुरोध गर्दा नगरपालिकाले दिन नमानेपछि आक्रोसित स्थानीय वासिन्दाले नारावाजी गर्दै कार्यकारी अधिकृतको टेवल समेत घेराउ गरेका थिए । उनीहरुले विल भरपाई हेर्न पाउनु पर्ने र अनियमितताको छानविन गरी दोषीलाई कारवाही गर्ने प्रतिवद्धता नआइन्जेल नजाने अडान लिएपछि योजनासाग सम्वद्ध भुक्तानीको विलभरपाई शिलवन्दी गरी उनीहरुकै रोहवरमा लाहछाप लगाएर पछि अनुसन्धान गर्ने गरी सहमति भएको थियो । नगरपालिकावाट निकासा भएको ५२ लाख र स्थानीय वासिन्दाले चन्दावाट उठाएको ३ लाख ९ सहित ५५ लाख रुपैयावाट रियाले देखी स्याङखुदीसम्म सडक ग्राभेल गर्ने गरी स्थानीय केशव तिवारीको अध्यक्षतमा समिति गठन भएको थियो । सडक निर्माणको लागि निर्माण व्यवसायी विष्णु भण्डारीलाई जिम्मा दिइएपनि झण्डै ४४ लाख रुपैया माधवप्रसाद तिवारीको नाममा चेक भुक्तानी भएको वैंक स्टेटमेन्टले देखाएको स्थानीय खेमनीधि वन्जराले जानकारी दिनु भयो । कामै नभएको सो सडकको काम भएको विवरण तयार गरेर योजना फछर्यौट गर्न नगरपालिकाका सो वाटो हेर्ने प्राविधिकले सहयोग गरेको आरोप समेत उनीहरुले लगाएका छन् । योजनाको कामको अनुसन्धान गर्न कानूनी सल्लाहकार राममणि अधिकारी, जुनियर इन्जिनियर रविचन्द्र घिमिरे र रविन्द्र अधिकारीलाई नगरपालिकाले जिम्मा लगाएको छ ।