top menu Home Sitemap Our Team

खोज समाचार

व्यापक भ्रष्ट्राचार भएको भनिएको जिल्ला विकास समिति मुस्ताङको आर्थिक वर्ष २०६७/०६८ को वाषिर्क कार्यक्रम तथा बजेटको पूर्ण पाठ

पोखराखबर डट कम समाचारदाता
मुस्ताङ, २ असार ।

जिल्ला विकास समिति मुस्ताङको

आर्थिक वर्ष २०६७/०६८ को वाषिर्क कार्यक्रम तथा बजेट वक्तव्य

श्रीमान् प्रमुख अतिथिज्यू, एवं उपस्थित महानुभावहरु

Û

सर्वप्रथम देशमा लोकतन्त्र स्थापनका लागि प्राण आहुति गरी बलिदानी हुने ती सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति यस महत्वपूर्ण अवसरमा म भावपूर्ण शब्द श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । र यस गरिमामय परिषद्मा हाम्रो निमन्त्रणा स्वीकार गरी पाल्नु भएका प्रमुख अतिथीज्यू, अतिथीज्यू र अन्य आमन्त्रि एवं उपस्थित सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु । आज हामी यस जिल्लाको १८ औं तथा लोकतान्त्रिक गणतन्त्र पछिको दोस्रो जिल्ला परिषद्मा उपस्थित भएका छौं । यो दिन हाम्रो विकासे चाडपर्वको दिन पनि हो ।

लोकतन्त्रको स्थापना पछि राष्ट्रको राजनैतिक फााटमा विविध चिन्तनहरु मौलाएका छन् र ती सबै चिन्तनहरुलाई एकै थलोमा आवद्ध गरी दलगत साोच भन्दा एकतह माथि उठेर विकासको सोंच बनाई जिल्लाको भाग्य रेखा कोर्न तल्लिन भएका छौं ।

विकेन्दि्रकरणको मर्म भनेकै आ-आ

यसै परिप्रेक्षमा, मुस्ताङवासीहरुका पनि आ-आ

उपस्थित महानुभावहरु,

अहिलेको समय बोलेर भन्दा पनि गरेर देखाउने समय हो । त्यसैले समस्याको सूची तयार गर्नुभन्दा पनि यी समस्याका समाधानका लागि गत वर्ष ०६५/०६६ देखि ०६६/०६७ को हालको अवधि सम्म के-के काम गरियो ती कामहरु संक्षिप्त रुपमा अनुरोध गर्न आहन्छु ।

१. जि.वि.स. को न्यूनतम शर्त र कार्य सम्पादन मूल्याङ्कनमा राम्रो नतिजा ल्याई जि.वि.स. लाई थप अनुदान तथा कर्मचारीहरुलाई पुरस्कार प्राप्त भएको छ ।

२. १६ वटै गा.वि.स.हरुमा कच्चि मोटर बाटो पुगेको छ ।

३. छुसाङ गाउा सम्म बत्ति बालिएको छ ।

४. मुस्ताङ नेटवर्किङ सेवाबाट इमेल, इन्टरनेट सेवा दिई इ-एजुकेसन तथा इ-मेडिसिन सेवा प्रारम्भ गरिएका छन् ।

५. उपल्लो मुस्ताङमा अस्थायी मार्ग पुर्‍याई यातायात संचालन गरी जनजीवनका विविध सामग्रीहरुको आपूर्ति गरिएको छ ।

६. काग्वेनी ताङवेसम्म यातायात सेवा पुर्‍याइएको छ ।

७. मुक्तिनाथ-झोङ-काग्वेनी कच्चि सडक निर्माण सम्पन्न भएको छ ।

८. जोमसोम कालीगण्डकीमा मोटरएवल पुल बन्ने क्रममा रहेको छ ।

९. भारतीय राजदुतावसको सहयोगमा शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको कार्यबाट शैक्षिक स्थिति सुदृढ भएको छ ।

१०. सबै गा.वि.स. हरुमा भिस्याट, स्काई तथा अन्य टेलिफोन सेवा विस्तार भई संचारको सुविधा पुगेको छ ।

११. थप पर्यटन पदमार्गहरुको निर्माण भइ रहेको छ ।

१२. वेनी-जोमसोम र जोमसोम-कोरला सडकको शिघ्र निर्माण तथा नियमित सडक संचालनको लागि नेपाली सेना, सडक विभाग, जिल्ला विकास समिति तथा ग्रामिण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना ९च्च्च्क्म्ए० कार्यक्रमहरु लागि परेका छन् ।

यसका अतिरिक्त जि.वि.स. अनुदान, गा.वि.स. अनुदान, कृषि सडक, ग्रामीण खानेपानी, झोलुङ्गेपुल, निर्वाचन क्षेत्र विकास कार्यक्रम, जनसहभागितामा आधारित कार्यक्रम, थप विकास अनुदान जस्ता शीर्षकहरुबाट यस जिल्लामा विद्यालय, गुम्वा, छात्रावास, क्लव तथा सामुदायिक भवनहरु, खानेपानी, सिंचाइ, पर्यटन पदमार्ग, झोलङ्गे पुल, सडक निर्माण तथा मर्मत जस्ता आदि कार्यहरु सम्पन्न भएका छन् । यसमा यहाा उपस्थित वर्ग स्वयं जानकार हुनुहुन्छ ।

आदरणीय महानुभावहरु,

यसै क्रममा अब म आगामी आर्थिक वर्ष ०६७/०६८ का लागि बजेट तथा कार्यक्रम पेश गर्ने अनुमति चाहन्छु ।

आगामि वर्षका लागि पनि "मुस्ताङ विकासका चार आधार- कृषि, पर्यटन, पर्यावरण र भौतिक पूर्वाधार" लाई मूल मन्त्र सम्झी आवधिक योजनाले लक्ष्य लिएका कुराहरुलाई हृदयंगम गरी अन्तरिम त्रिवषिर्य राष्ट्रिय योजनालाई ख्याल गरी क्षेत्रगत गुरु योजनाहरु, नागरिक समाजका सुझावहरु, विकास प्रेमी विद्वत वर्ग एवं राजनैतिक व्यक्तित्वहरुबाट दिइएका सुझावहरुलाई विशेष ध्यन दिई सहभागिता मूलक योजना तर्जुमा प्रक्रियाबाट कार्यक्रम तर्जुमा गरिएको व्यहोरा म यहाा हरु समक्ष अनुरोध गर्दछु ।

यसरी कार्यक्रम तर्जुमा गर्दा आगामि आर्थिक वर्ष ०६७/०६८ का लागि पनि निम्न कार्यहरुलाई प्राथमिकता दिइएको छ ।

१. वेनी-जोमसोम सडक पीच तथा पुलहरु निर्माण र जोमसोम-कोरला कच्चि सडक निर्माण सम्पन्न गर्ने ।

२. घमीसम्म केन्द्रीय विद्युत लाइन पुर्‍याई विद्युत सेवा पुर्‍याउने ।

३. पर्यटन पदमार्गहरु थप निर्माण तथा मर्मत गर्ने ।

४. कृषि तर्फ स्याउ र वेमौसमी तरकारी खेतीको विकास तथा विस्तार गर्ने ।

५. जैविक विविधताको संरक्षण र ताल तलैयाहरुको सुधार संरक्षण एवं वृक्षारोपण गर्ने ।

६. काली गण्डकीलाई चैलेदेखि लेतेसम्म च्यानलाइज गरी वगरलाई खेती योग्य जमिनमा परिणत गरी समुदायद्वारा स्याउ र तरकारी खेतीको विस्तार गर्ने ।

७. मुस्ताङ नेटवर्किङ्ग सेवालाई जोमसोम क्षेत्रमा नेपाल टेलिकमको इमेल इन्टरनेट सेवा सुरु भएकोले अन्य गा.वि.स. हरुमा क्रमशः विस्तार गर्ने ।

८. काग्वेनी धार्मिक क्षेत्रको तीर्थ श्राद्ध स्थल एवं ऐतिहासिक एवं धार्मिक महत्वका गुम्वाहरुको साथै वजार वस्तीहरुको संरक्षण कार्य गर्ने ।

९. वातावरणीय परिवर्तनबाट आइ परेका समस्याहरुको समाधान गर्ने । -खास गरी माटाका छाना भएका विद्यालयहरुलाई वैकल्पिक छानाको व्यवस्था गर्ने ।)

१०. काग्वेनी-मुक्तिनाथ सम्म केवुलकारको निर्माण प्रारम्भ गराउने ।

११. मुक्तिनाथधाम तथा दामोदर कुण्डको विकास तथा संरक्षण कार्यमा तीव्रताका साथ कार्य गर्ने ।

१२. पर्यटन वर्ष २०११ लाई चरितार्थ बनाउने शिलशिलामा पर्यटकीय महत्व बोकेको यस जिल्लाको लोक संस्कृति, रीतिरिवाज र जिल्लाकेा थप महत्व पहिचान गराउने उद्देश्यले पर्यटनको महत्व बढाउन मुस्ताङ महोत्सवको आयोजना गरिने छ ।

१३. स्थानीय जनजीवनलाई सहज तुल्याउन सडक, पुल, पैदल मार्ग, खानेपानी, लघु जलविद्युत, नदी नियन्त्रण, सिंचाई, सामुदायिक भवन आदि जस्ता भौतिक पूर्वाधारका कार्यहरु गर्ने ।

१४. महिला, दलित, जनजाति, बालबालिका, अपाङ्ग आदि वर्गको लागि सहयोगी कार्यक्रम तर्जुमा गर्ने र सचेतीकरणका कार्यक्रमहरु संचालन गर्ने ।

यी उल्लेखित कार्यहरु केन्द्र सरकार, विषयगत कार्यालयहरु, गैर सरकारी संस्थाहरु, निजी क्षेत्रहरु र वैदेशिक सहयोगी संस्थाहरु एवं जि.वि.स. समेतको लागत सहभागितामा समन्वय, सहकार्य र साझेदारीका आधारमा कार्यक्रम संचालन गर्ने रणनीति अवलम्वन गरिने छ ।

यिनै कार्यहरुबाट प्रेरित भएर आर्थिक वर्ष ०६७/०६८ का लागि स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १९६ अनुसार समग्र जिल्ला विकास योजनाको लागि देहाय बमोजिमको आय अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आय अनुमान

आय अनुमान

क्र.सं.          क्षेत्रगत आय शीर्षकहरु                                                      रकम रु हजारमा                         बैफियत

१                 जिविसको आफ्नै स्रोत साधनबाट प्राप्त                           ३८९२००००

२.               राजश्व बााडफााडबाट प्राप्त हुने                                    २५७१००००

३.              स्थानीय विकास मन्त्रालयबाट प्राप्त निशर्त अनुदान       २७५०००००

४.             स्थानीय विकास मन्त्रालयबाट प्राप्त सशर्त अनुदान       २९११३८१८०

५.             नेपाल सरकारका विषयगत मन्त्रालयबाट प्राप्त              ३९३७५७०६६

६.             गैरसरकारी संघ संस्थाबाट प्राप्त हुने रकम                    १४२७२०४२

७.             वैदेशिक सहयोग                                                           १००००००००

कुल जम्मा                                                                                  ८५,६२६९२८८

 

यसरी आगामी आर्थिक वर्ष ०६७/०६८ मा समग्र जिल्ला विकास योजना कार्यान्वयनका लागि प्रस्तावित बजेट ८५ करोड ६२ लाख ६९ हजार २८८ हुने व्यहोरा यस गरिमामय परिषद्लाई अवगत अराउन चाहन्छु । उक्त बमोजिम अनुमानित आय रकमलाई देहाय बमोजिम व्ययको अनुमान पेश गरेको छु । व्ययको अनुमान

.............

उल्लेखित कार्यालय तथा संस्थाहरुको लागि विनियोजित बजेट बाट गरिने विस्तृत कार्यक्रमहरु फाइलमा वितरण गरेको छु । उक्त रकम मध्ये विकास निर्माण तर्फ ७४ करोड ६३ लाख ४४ हजार र प्रशासनिक खर्च तर्फ १० करोड ९९ लाख २५ हजार २८८ रहेको व्यहोरा अनुरोध गर्दछु ।

जिल्ला विकास समितिको कार्यालयतर्फ विनियोजित राजश्व बााडफााडको अनुमानित बजेटको प्राप्ति अनिश्चित हुनेे भएकोले बजेट प्राप्ति पश्चात मात्र यथार्थ रुपमा विनियोजन हुने गरी आयोजनाहरु मात्र छनोट गरिएको व्यहेारा समेत अनुरोध गर्दछु ।

यद्यपी स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १८९ अनुसार स्थानीय सरकारको रुपमा रहेको जि.वि.स. ले आफ्नो सबै कार्यक्षेत्रमा बजेट विनियोजन गरी जिल्ला वासीहरुको मागलाई सम्बोधन गर्नुपर्ने हो तापनि प्राप्त सीमित स्रोत र साधनलाई हृदयंगम गरी अति आवश्यक योजनाहरुमा मात्र रकम विनियोजन गरिएको व्यहोरा समेत अनुरोध गर्दछु ।

बजेट विनियोजनकै क्रममा आगामी वर्षमा पनि पूर्व गठित सामुदायिक संस्थाहरुलाई संगठन, बचत र सीपका माध्यमबाट क्रियाशील बनाई स-साना आय-आर्जनका कार्यक्रम आय मूलक तथा सीप मूलक कार्यक्रमहरु तर्जुमा गरी गरीवि निवारण सम्बन्धी कार्यक्रम यथावत रुपमा संचालन गर्ने व्यवस्था मिलाइएको छ । र गरीवसाग विश्वेश्वर कार्यक्रमलाई पनि पुनः सक्रिय र विस्तार गरिने कार्यक्रम रहेको छ ।

यसै गरी विगत वर्षहरुदेखि नै उपलब्ध हुदै आएको उच्च मा.वि. छात्रवृत्ति -जनहित उ.मा.वि. लाई) यस जिल्लामा संचालित उच्च मा.वि. तहमा अध्ययनरत दलित विद्यार्थीहरुलाई विद्यालयको सिफारिसको आधारमा छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिइएको छ । र धौलागिरी प्राविधिक शिक्षालय, लेतेमा अध्ययनरत मुस्ताङका विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

जि.वि.स. को आन्तरिक कोषलाई सवल तुल्याउनको लागि आगामि आर्थिक वर्षदेखि करको दरमा वृद्धि गरिएको छ र दायरा पनि फाराकिलो पारिएको छ । आगामि वर्षदेखि कालीगण्डकी जलविद्युत आयोजनाहरुको निर्माण प्रारम्भ हुन सक्ने र सडक ग्राभेल समेत हुने हुादा स्थानीय निर्माण सामग्री -ढुंगा, बालुवा, गिट्टी, ग्राभेल) हरुको ठेक्का बन्दोवस्त अथवा दुई पक्षीय सम्झौताका आधारमा कर लिने परिपाटी अपनाइएकोले आन्तरिक कोष वृद्धि हुने अनुमान गरिएको छ ।

प्राकृतिक स्रोतको रुपमा रहेको हावालाई उपयोगमा ल्याउन वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र सम्बन्धित क्षेत्रका विज्ञहरुको सहयोगमा वायु उर्जालाई व्यवहारिक प्रयोगमा ल्याउने कार्यक्रम बनाइने छ ।

उपल्लो मुस्ताङका ६ गा.वि.स. हरुका जनताको जनजीवन सहज तुल्याउनको लागि सडक र वत्ति पुर्‍याउन अति आवश्यक भएको र गत वर्ष प्रस्ताव गरिएको घमी मिनी हाइड्रो पावर आर्थिक दृष्टिले सम्भव नभएकोले नेपाल विद्युत प्राधिकरण र जिल्ला विकास समिति समेतको सहयोगमा केन्द्रीय विद्युत लाइन घमीसम्म विस्तार गरी विद्युत सेवा पुर्‍याइने छ र साथ-साथै मराङ्ग, नामग्याल लघु जलविद्युत आयोजनाहरु सम्पन्न गरी अन्य लघु विद्युत आयोजनाको सर्वेक्षण तथा निर्माण कार्य वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोग र समन्वयमा प्रारम्भ गरिने छ । यसै गरी चालु आ.व. को अन्त्य सम्ममा -०६७ कार्तिकसम्म) चैले मुस्ताङ गेट सम्म मोटरबाटो पुर्‍याइने छ र चैले, घ्याकर तथा समरसम्म विद्युतीकरणको कार्य समेत प्रारम्भ गरिनेछ ।

यी विकट ६ गा.वि.स. हरुमा सेवा पुर्‍याइ रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मुस्ताङ विकास सेवा संघ र अन्य सरकारी निकायहरुलाई धन्यवाद दिन चाहन्छु र पर्वतीय विकास सहयोग संस्था -इसिमुड) ले पनि त्यस क्षेत्रमा आगामि वर्षदेखि थप सेवा पुर्‍याउने व्यहोरा समेत अनुरोध गर्दछु ।

मुस्ताङ जिल्लाको विकास प्रक्रियामा सहयोगी भूमिका खेली विद्यालय भवन, खानेपानी, धर्मशाला आदि जस्ता आयोजना निर्माण गरी सहयाग पुर्‍याउने भारतीय कुटनीतिक नियोग र हालैका वर्षदेखि विद्यालय भवन निर्माणमा सहयोग पुर्‍याउने चिनीया सरकार तथा च्च्च्क्म्ए मा सहयोग पुर्‍याउने ब्म्द्य जस्ता विकासमूखी संस्थाप्रति आभार व्यक्त गर्न चाहन्छु ।

अन्त्यमा, जिल्ला विकास योजना प्रक्रियामा सक्रिय सहयोग पुर्‍याउनु हुने विषयगत सरकारी तथा गैर सरकारी कार्यालय प्रमुखहरु, जि.वि.स. लाई निरन्तर सहयोग गर्नु हुने जिल्ला विकास समितिका सर्वदलीय संयन्त्र र जि.वि.स. का कर्मचारीहरुलाई धन्यवाद दिंदै हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरी यस १८ औं जिल्ला परिषद्मा पाल्नु हुने प्रमुख अतिथिज्यू, अतिथिज्यू, लगायत सम्पूर्ण उपस्थित महानुभावहरुमा पुनः हार्दिक स्वागत एवं धन्यवाद व्यक्त गर्दै प्रस्तावित बजेट तथा कार्यक्रमले जिल्लावासीका चाहना र आवश्यकतालाई केही हदसम्म भए पनि पूर्ति गर्न सफल हुनेछ भन्ने आशा राख्दै आफ्नो भनाई यही अन्त्य गर्दछु । धन्यवाद

 

 

 

 

ˆनो क्षेत्रको चाहना, भावना र आवश्यकता पृथक-पृथक हुने भएकोले आ-आˆनो क्षेत्रको विकासको लागि आ-आˆनै ढंगले सोच्ने, जवाफदेहीता वहन गर्ने साधन स्रोतको परिचालन गर्नै, विनियोजन गर्ने तथा विकास को प्रतिफलको सन्तुलित वितरणमा सामाजिक समानता ल्याउनु हो । महिला, बालबालिका, आदिवासी, जनजाति, दलित तथा सामाजिक तथा आर्थिक रुपले पछाडि परेको वर्गलाई विकास प्रक्रियामा सहभागि बनाई विकासलाई संस्थागत गर्नु पê


अन्य समाचारहरु

  • ५५ लाख रुपियाँको वाटो निर्माणमा २० लाख भन्दा वढी अनियमितता भएको उपभोक्ताहरुको आरोप, छानविनका लागि लेखनाथ नगरपालिकाद्वारा अनुसन्धान टोली गठन बिस्तृत समाचार
  • व्यापक भ्रष्ट्राचार भएको भनिएको जिल्ला विकास समिति मुस्ताङको आर्थिक वर्ष २०६७/०६८ को वाषिर्क कार्यक्रम तथा बजेटको पूर्ण पाठ बिस्तृत समाचार
  • मुस्ताङका स्थानियविकास अधिकारीद्वारा व्यापक भ्रष्टाचार बिस्तृत समाचार
  • तीन लाख रुपियाँ घुस लिएका मालपोत अधिकृतको मिलेमतोमा अंशसार, सानालाई ऐनः ठूलालाई चैन हुने स्थिति बिस्तृत समाचार
  • भ्रष्टाचारको छानविन समिति गठन बिस्तृत समाचार
  • १९ लाख रुपैया हिनाबिना भएको समितिको ठहर बिस्तृत समाचार
  • जिल्ला प्राविधिक कार्यालय म्याग्दीका इन्जिनीयर शाहद्वारा पुर्व तयारी तालिममा व्यापक हिनामिना बिस्तृत समाचार
  • चरणखर्कमा कम मात्रामा घाासको उत्पादन हुन थालेपछि पशुपालन कृषकहरू चिन्तित बिस्तृत समाचार
  • लमजुङमा अझै ४३ प्रतिशतले व्यवस्थित चर्पी प्रयोग गर्दैनन्, सात प्रतिशत जनता खानेपानीबाट वञ्चित बिस्तृत समाचार
  • युथ भिजन भैरहवाको पुनर्स्थापना केन्द्रमा आर्थिक अनियमितता बिस्तृत समाचार
  • मुक्तिनाथ मन्दिरमा बर्षेनी लाखौँ रुपैयाँ हिनामिना बिस्तृत समाचार
  • चन्द्रोदय उमाविको रकम लेखापालाद्वारा चार लाख ५० हजार भन्दा बढी रकम हिनामिना बिस्तृत समाचार
  • आर्थिक भ्रष्टाचारको समाधान जिल्लामा नभएपछि पश्चिम पाल्पाको बाटोमा भएको भ्रष्ट्राचारको मुद्धा अख्तियारमा बिस्तृत समाचार
  • वासस्थान, आहाराको अभाव र डाईक्लोफेनेक औषधिका कारण गिद्ध लोपोन्मुख बिस्तृत समाचार
  • चेत आएन गण्डकी यातायात कार्यालयका कर्मचारीहरुको धुरुधुरु रोए यातायातका हाकिम अख्तियारको टोली हात मिलाएर फक्र्यो बिस्तृत समाचार