top menu Home Sitemap Our Team

खोज समाचार

तीन लाख रुपियाँ घुस लिएका मालपोत अधिकृतको मिलेमतोमा अंशसार, सानालाई ऐनः ठूलालाई चैन हुने स्थिति

ओम हमाल
पोखरा, २८ असार ।

जनताको सेवा गर्न सरकारले राष्ट्रको ढुकुटीबाट कर्मचारीहरुलाई तलब, सुविधा दिएको हुन्छ । त्यही तलब र सुविधा लिएका कर्मचारीहरुले देशको ऐन र कानूनको परिधिमा रहेर जनता र राष्ट्रको सेवा गर्छन् । जिल्ला मालपोत कार्यालय चितवनका केही कर्मचारीहरुले त्यस्तो गरेका छैनन् । राष्ट्रको ढुकुटीबाट तलब र सुविधा लिएका जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत प्रकाश श्रेष्ठ र उनका अन्य केही सहयोगीहरुले मोटो रकमको भरमा ऐन र कानून मिचेर कीर्ते कागज बनाई दिदीको जग्गा भाईलाई अंशसार गरिदिएका छन् ।

विगत २० वर्षदेखि जर्मनीमा बस्दै आएकी कास्की जिल्ला पोखरा उप-महानगरपालिका वडा नं. ९ बस्ने सुनमाया गुरुङको सोही उपमहानगरपालिका वडा नं. ८ सिमलचौरस्थित करीब ११ आना जग्गा कीर्ते कागज गरी जिल्ला मालपोत कार्यालय चितवनका मालापोत अधिकृत प्रकाश श्रेष्ठ र उनका सहयोगीहरुले ऐन र कानून मिचेर कीर्ते कागज बनाई सुनमायाकै भाई गोपाल गुरुङको नाममा अंशसार गरिदिएका छन् । त्यति मात्र हैन, दर्शकवृन्द, सुनमायाको त्यो ११ आना जग्गा अहिले अर्कैको नाममा समेत बिक्री भईसकेको छ ।

सुनमाया गुरुङको पोखरा उपमहानगरपालिका वडा नं. ८ मा रहेको कित्ता नं. ९०७६ क्षेत्रफल ०-१-०-०, कि नं. ९०६८ क्षेत्रफल ०-२-१-१, कि. नं. ९०७० क्षेत्रफल ०-३-०-१, कि.न ं. ९०७२ क्षेत्रफल ०-३-२-२, कि.नं ९०७४ ०-१-०-० समेत कुल ११ आना समेत कुल ११ आना क्षेत्रफल रहेको छ । अहिलेको चलनचल्तीको दरभाउमा बिक्री गर्ने हो भने पनि यो वग्गाको मूल्य पुग-नपुग एक करोड रुपियाा पर्छ ।

तर २० वर्षदेखि जर्मनमा बस्दै आएकी सुनमाया गुरुङले आफ्नो घरजग्गा बिक्री वितरण गर्न कसैलाई पनि वारेशनामा दिएकी पनि थिइनन् र आफू पनि नेपालमा उपस्थित भएकी थिइनन् । तर उनको जग्गा अर्कैले आमोद-कमोद गर्न शुरु गरेकोे जानकारी पाएपछि त उनी छाङ्गाबाट खसेजस्तै भइन् र अचम्मित पनि ।

जब उनले आफ्नो जग्गा अर्कैले आमोद-कमोद गरेको आफन्तबाट थाह पाइन् । उनी हस्याङफस्याङ गर्दै नेपाल आइन् । अनि जिल्ला मालपोत कार्यालय कास्कीमा पुगेर आफ्नो जग्गाको विवरण उतार गरी हेर्दा त उनको जग्गा भाई गोपाल गुरुङको नाममा अंशसार भई दोर्ज लामा र अनुप गुरुङको नाममा समेत नामसारी भएको थाह पाइन् ।

त्यसपछि उनी सोझै जिल्ला प्रहरी कार्यालय कास्कीमा गइन् र आफनो जग्गा कीर्ते कागज गरी अर्कैले नामसारी गरेकोले कानून वमोजिम अनुसन्धान गरी कारवाही गरेर जग्गा फिर्ता गराईपाऊा भनी जाहेरी दरखास्त दिइन्

जब जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामनाथ घिमिरेको नेतृत्वमा गएको एक प्रहरी टोलीले सुनमाया गुरुङकै भाई गोपाल गुरुङ र बुहारी विष्णुमाया गुरुङलाई पक्राउ गरी प्रहरी कायार््रलयमा ल्यायो, उनीहरुको बयानकै आधारमा लेखापढी व्यवसाय गर्ने कास्की जिल्ला कास्कीकोट गाविस घर भएका रेशम वस्ताकोटीलाई पनि प्रहरीले पक्राउ गर्‍यो । उनीहरुको पक्राउपछि मात्र उनको जग्गा अर्कैको नाममा बिक्री भएको यथार्थ विवरण प्रहरीले फेला पार्‍यो ।

जब २० वर्षअघि सुनमाया गुरुङ जर्मन गएकी थि्रइन् । त्यतिबेला नै उनले आफ्नो कान्छो भाई गोपाल गुरुङलाई पोखरा उपमहानगरपालिका वडा नं. ८ बगालेटोलस्थित घर कुर्न र सिमलचौरको जग्गाको रेखदेख गर्न भनेर राखेकी थिइन् र उनले नै भाईको बिहे विष्णुमाया गुरुङसाग गरिदिएकी थिइन् । घरभाडासमेत भाईबुहारीले नै उठाएर खाने गरेका थिए । त्यति मात्र हैन । उनले बेला-बेलामा रकम पनि भाई-बुहारीलाई पठाउने गरेकी थिइन् ।

शुरु-शुरुमा त दुई जना हुादा गोपाल गुरुङ र उनकी श्रीमती विष्णुमाया गुरुङला्रई घरखर्च राम्रै चलेको थियो । सन्तान जन्मन थाले । तीन सन्तान भएपछि भने उनीहरुलाई दैनिक गुजारा चल्न गार्‍हो हुन थाल्यो । उनीहरुले वरिपरि र छिमेकीहरुसाग पैसा सापटी माग्न थाले । सापटी पनि कसैले नपत्याउन थालेपछि भने उनीहरु संकटमा पर्न थाले र अन्त्यमा आफूहरुले उपभोग गर्दै आएको दिदी सुनमाया गुरुङको नामको जग्गा बिक्री गर्ने निधोमा पुगे ।

दिदीकै जग्गा भएपनि बिक्री गर्ने निधोमा पुगेका उनीहरुलाई उनकै घरमा भाडामा बस्ने कानून व्यवसायी स्याङजा आरुचौरका राजु चापागाईंले सहयोग गरे । कानून व्यवसायी राजु चापागाईंकै सल्लाहमा उनीहरुले लेखापढी व्यवसायी रेशम वस्ताकोटीलाई भेट गरे । कानून व्यवसायी राजु चापागाईं र लेखापढ्री व्यवसायी रेशम वस्तोकोटीको विस्तृत योजना वमोजिम सुनमाया गुरुङको जग्गा उनकै भाई गोपाल गुरुङको नाममा अंशसार गर्न सफल भएका थिए ।

सहज परिस्थिति रहेको अवस्थामा कास्की जिल्ला भित्र रहेको जग्गा बेचबिखन, नामसारी र अंशसार गर्न जिल्ला मालपोत कार्यालय कास्कीमा नै सजिलो हुन्छ । तर जग्गाधनी नेपालमा नै नरहेको अवस्थामा जिल्ला मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले सुनमाया गुरुङको जग्गा उनको भाईको नाममा अंशसार गर्न नमान्ने र सुनमाया गुरुङ बनेर जाने नक्कली सुनमायालाई त्यहााका कर्मचारीहरुले चिन्ने स्थिति देखेपछि कानूनले दिएको खधिकार प्रयोग गरी कानून व्यवसायी राजु चापागाईं, लेखापढी व्यवसायी रेशम वस्ताकोटी एवं दिदीको जग्गा आफ्नो नाममा अंशसरा गर्न चाहने गोपाल गुरुङ र विष्णुमाया गुरुङ ट्याक्सी चढेर जिल्ला मालपोत कार्यालय चितवनमा हान्निए ।

नेपालको कानूनले जग्गाधनी वा अधिकारप्राप्त व्यक्ति नेपालभर रहेको जुनसुकै मालपोत कार्यालयमा भएपनि अधिकार प्राप्त सरकारी अधिकारीसमक्ष उपस्थिति नभएसम्म वा मन्जुरीनामा वा अधिकृत वारेशनामा नभएसम्म उनको नाममा रहेको अचल सम्पति घर जग्गा-जमीनसमेत अन्य कोही कसैले नामसारी गरेर लिन वा दिन मिल्दैन र बेचबिखन पनि गर्न मिल्दैन । यस्तो अवस्थामा उनीहरुले आपसमा सल्लाह गरे, जिल्ला मालपोत कार्यालय चितवनका कर्मचारीहरुसाग पैसाको लेनदेन गर्ने र जग्गा अंशसार गर्ने । सोही सल्लाह वमोजिम जिल्ला मालपोत कार्यालय चितवनमा अंशसार गर्न आवश्यक पर्ने सम्पूर्ण रकम दोर्जे गुरुङले व्यहोर्ने र सुनमाया गुरुङको नामको जग्गा भाई गोपाल गुरुङको नाममा अंशसार भएपछि ६२ लाख रुपियाामा दोर्जे गुरुङलाई नामसारी गरिदिने सहमति भएको बताइएको छ ।

मालपोत अधिकृत प्रकाश श्रेष्ठको सहमतिमा उपस्थित कानून व्यवसायी राजु चापागाईंको सल्लाहमा लेखापढी व्यवसायी रेशम वस्तोकोटीले गोपाल गुरुङका लागि उनकी "दिदी सुनमाया गुरुङ झुमा बसेकीले भाईको नाताले अंशसार गरिपाउा" भनी निवेदन लेखिदिएका थिए ।

यही वमोजिम जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत प्रकाश श्रेष्ठलाई घुसबापत तीनलाख रुपियाा दिइएको अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका अभियुक्तहरुले बताएका छन् भने प्रहरीले पनि सोधखोजका क्रममा त्यस्तै भेट्टाएको छ ।

तीन लाख रुपियााको बिटोले अन्धो बनेका जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत प्रकाश श्रेष्ठले जग्गाधनीपूर्जामा भएको फोटो र जग्गाधनी भनी उपस्थित भएको व्यक्तिको अनुहार नै नहेरी सुनमाया गुरुङको नामको जग्गा भाई गोपाल गुरुङको नाममा अंशसार गरिदिएका थिए, जबकि सुनमाया गुरुङ बनेर उनकै बुहारी विष्णुमाया गुरुङ उपस्थित थिइन् ।

जिल्ला मालपोत कार्यालय चितवनले गरिदिएको अंशसारको कागज वमोजिम जिल्ला मालपोत कार्यालय कास्कीले सुनमाया गुरुङको भाई गोपाल गुरुङलाई जग्गाधनी प्रमाणपूर्जा दिएको थियो । सोही जग्गाधनी प्रमाणपूर्जाको आधारमा गोपाल गुरुङले दोर्जे गुरुङलाई ६२ लाख रुपियाामा र दोर्जे गुरुङले अनुप गुरुङलाई झण्डै ८७ लाख रुपियाामा त्यो जग्गा बिक्री गरेका थिए । तर अभियुक्तहरु रेशम वस्ताकोटी र दोर्जे गुरुङले गोपाल गुरुङको नामका जग्गा खरीदबिक्रीका लागि रु ६२ लाख रुपियाामा बैनापट्टा मात्र भएको र अनुप गुरुङलाई करीब ८७ लाख रुपियाामा नामसारी हुने गरी बिक्री भएको दाबी गरेका छन् ।

अहिले आफूले जग्गा खरीद गर्दा ठगिएको भन्दै अनुप गुरुङले पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा दोर्जे गुरुङ लगायतकाविरुद्ध उजुरी दर्ता गरेका छन् । यसरी जिल्ला प्रहरी कार्यालय कास्कीमा अभियुक्तहरु गोपाल गुरुङ, विष्णुमाया गुरुङ दोर्जे गुरुङ र रेशम वस्तोकोटीकाविरुद्ध सुनमाया गुरुङले कीर्ते कागज गरी अंशसार गरे गराएको र अनुप गुरुङले जग्गा खरीद-बिक्रीका क्रममा रकम ठगी गरेको भनेर दुई मुद्दा दर्ता भएका छन् । यी दुई मुद्दामा प्रहरीले के कस्तो कारवाही गरेको छ र को को पक्राउ परे ? भन्ने बारेमा पनि देखाउाछौं ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा दुई वटा मुद्दा दर्ता भएपछि प्रहरीले गोपाल गुरुङ, विष्णुमाया गुरुङ दोर्जे गुरुङ र रेशम वस्तोकोटी लगायत पााचजनालाई पक्राउ गरेको छ र कानूनी कारवाही चलाएको छ । तर यस मुद्दाका मुख्य अभियुक्त अहिले फरार रहेका छन् भने तीन लाख रुपियाा घुस लिएर अवैध काम गर्ने जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत काज फिर्ता भई केन्द्रमा फर्केका छन् । अन्य सर्वसाधारण अभियुक्तहरु तुरुन्त पक्राउ परेपनि मोटो रकमका आधारमा गैरकानूनी काम गर्ने मालपोत अधिकृत प्रकाश श्रेष्ठ अझै पक्राउ परेका छैनन् ।

प्रहरीले अनुसन्धानकै क्रममा सुनमाया गुरुङको जग्गा अंशसार गर्न सफलता पाएपछि अभियुक्तहरुले उनको पोखराको बगालेटोलस्थित तीनतले घरपनि अंशसार गर्ने प्रकृया शुरु गरेको फेला पारेको छ । त्यो काम पनि जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत प्रकाश श्रेष्ठकै मिलेमतोमा भएको प्रहरीको भनाई छ ।

आफ्नो काम कर्तव्य र अधिकार पालनाका सिलसिलामा घुस खाएको आरोप लागेका जिल्ला मालपोत कार्यालय चितवनका मालपोत अधिकृत प्रकाश श्रेष्ठ अझै कानूनको दायरामा आएका छैनन् । उनलाई पक्राउ गर्न प्रहरीले अझै सकृयता देखाएको छैन । उसको रेडिमेड जवाफ छ, "सरकारी कर्मचारीलाई सोझै पक्राउ गर्न मिल्दैन । अख्तियारमाफृत् जानुपर्छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्राचार गरेका छौं ।"

प्रहरीले मालपोत अधिकृत प्रकाश श्रेष्ठलाई पक्राउ गर्न गरेको पत्राचार पनि शकाको घेरामा परेको छ । मालपोत अधिकृत श्रेष्ठ जिल्ला मालपोत कार्यालय चितवनमा कार्यरत रहादासम्म पक्राउका लागि पत्राचार नगरी काज फिर्ता भएको मितिपछि मात्र पक्राउका लागि पत्राचार गरेको देखिएको छ । जबकि उनी अहिले मालपोत विभागमा कार्यरत छन् ।

सानालाई ऐन ठूलालाई चैन हुने हो कि प्रश्न उठेको छ । कतै जनताको सेवा गर्छु भनेर कसम खाएका प्रकाश श्रेष्ठ जस्ता कर्मचारीहरुले उन्मुक्ति पाउने त हैनन् ? सबैतिर जिज्ञासा उठेको छ । पीडित सुनमाया गुरुङ भन्छिन्, "मेरो जग्गा फिर्ता हुनुपर्छ र दोषीलाई कानूनी कारवाही पनि हुनुपर्छ ।"

अनुसन्धानकै क्रममा गोपाल गुरुङ पनि ठगिएको तथ्य प्रहरीले फेला पारेको छ । कीते कागज गरेर दिदीको नामको जग्गा अंशसार गरेको गोपाल गुरुङले दोर्जे गुरुङलाई त्यो जग्गा बिक्री गरेर आएको रकम पनि आफन्तबाटै ठगी भएको तथ्य प्रहरीसाग छ ।

गोपाल गुरुङका जेठान घनबहादुर गुरुङले गोपाल गुरुङसाग घडेरी किनिदिन भनेर १८ लाख रुपियाा लिएकोमा तीन लाख रुपियााभन्दा कम मूल्य पर्ने तनहुा जिल्लाको दुलेगौंडा गाविसको जग्गा दिएको प्रहरीको भनाई छ । घनबहादुरले त्यही जग्गा पनि ज्वाईं गोपाल गुरुङको नाममा नगरी बहिनी विष्णुमाया गुरुङको नाममा गरेका थिए ।

यसरी आफ्नै बहिनी र ज्वाईंलाई पनि ठगी गर्ने धनबहादुर गुरुलाई प्रहरीले पक्राउ गरे आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लिएको छ ।



अन्य समाचारहरु

  • ५५ लाख रुपियाँको वाटो निर्माणमा २० लाख भन्दा वढी अनियमितता भएको उपभोक्ताहरुको आरोप, छानविनका लागि लेखनाथ नगरपालिकाद्वारा अनुसन्धान टोली गठन बिस्तृत समाचार
  • व्यापक भ्रष्ट्राचार भएको भनिएको जिल्ला विकास समिति मुस्ताङको आर्थिक वर्ष २०६७/०६८ को वाषिर्क कार्यक्रम तथा बजेटको पूर्ण पाठ बिस्तृत समाचार
  • मुस्ताङका स्थानियविकास अधिकारीद्वारा व्यापक भ्रष्टाचार बिस्तृत समाचार
  • तीन लाख रुपियाँ घुस लिएका मालपोत अधिकृतको मिलेमतोमा अंशसार, सानालाई ऐनः ठूलालाई चैन हुने स्थिति बिस्तृत समाचार
  • भ्रष्टाचारको छानविन समिति गठन बिस्तृत समाचार
  • १९ लाख रुपैया हिनाबिना भएको समितिको ठहर बिस्तृत समाचार
  • जिल्ला प्राविधिक कार्यालय म्याग्दीका इन्जिनीयर शाहद्वारा पुर्व तयारी तालिममा व्यापक हिनामिना बिस्तृत समाचार
  • चरणखर्कमा कम मात्रामा घाासको उत्पादन हुन थालेपछि पशुपालन कृषकहरू चिन्तित बिस्तृत समाचार
  • लमजुङमा अझै ४३ प्रतिशतले व्यवस्थित चर्पी प्रयोग गर्दैनन्, सात प्रतिशत जनता खानेपानीबाट वञ्चित बिस्तृत समाचार
  • युथ भिजन भैरहवाको पुनर्स्थापना केन्द्रमा आर्थिक अनियमितता बिस्तृत समाचार
  • मुक्तिनाथ मन्दिरमा बर्षेनी लाखौँ रुपैयाँ हिनामिना बिस्तृत समाचार
  • चन्द्रोदय उमाविको रकम लेखापालाद्वारा चार लाख ५० हजार भन्दा बढी रकम हिनामिना बिस्तृत समाचार
  • आर्थिक भ्रष्टाचारको समाधान जिल्लामा नभएपछि पश्चिम पाल्पाको बाटोमा भएको भ्रष्ट्राचारको मुद्धा अख्तियारमा बिस्तृत समाचार
  • वासस्थान, आहाराको अभाव र डाईक्लोफेनेक औषधिका कारण गिद्ध लोपोन्मुख बिस्तृत समाचार
  • चेत आएन गण्डकी यातायात कार्यालयका कर्मचारीहरुको धुरुधुरु रोए यातायातका हाकिम अख्तियारको टोली हात मिलाएर फक्र्यो बिस्तृत समाचार