top menu Home Sitemap Our Team

खोज समाचार

भ्रष्टाचारको छानविन समिति गठन

हरिकृष्ण गौतम
म्याग्दी २६ असार ।

योजना सञ्चालन हुनु अगाडी पुर्व तयारी तालीम सञ्चालन गर्ने क्रममा जिल्ला प्राविधिक कार्यालयका सव ईञ्जिनियर सञ्जय शाहले आर्थिक अनियमितता गरेको सार्वजनीक भएपछि जिविसले सो घटनाबारे अनुसन्धान गर्न छानवीन गर्न टोली गठन गरेको छ ।

सव इन्जिनियर शाहले रुम, अर्मन र भकिम्लीमा हालै तालीम सञ्चालन गर्ने क्रममा आर्थिक हिनामिना गरेको खुलासा भएपछि सोको अनुसन्धान गर्न गर्न जिविसका योजना तथा प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेको नेतृत्वमा ३ सदस्यिय छानविन टोली गठन भएको हो ।

जिविसका योजना अधिकृत पदम भण्डारी र ईञ्जिनियर कृष्णबहादुर बोगटी पनि सहभागी टोलीलाई अनुसन्धानका लागि आगामी बिहीबारसम्मको म्याद दिईएको स्थानीय विकास अधिकारी बिष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

शाहले १ दिनको तालीमलाई ३ दिन सञ्चालन गरेको भरपाई, उपभोक्ता समिति बाहेकका सदस्यहरुको नाम र हस्ताक्षर तयार गरी नक्कली विल भरपाइ पेस गरी रकम हिनामिना गरेको उपभोक्ताले गुनासो गरेपछि छानबिन सुरु गरिएको जिविसले जनाएको छ ।

रुम खानेपानी आयोजना आयोजना ५ र ६, अर्मन खानेपान्ाी आयोजना स्किम १२ र भकिम्ली खानेपानी आयोजना स्किम ६, ७ र १० मा खानेपानी आयोजना उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सुरु हुनु भन्दा पहिला दिइने पुर्व योजना तालिमका लागि कार्यालयवाट शाहले पेस्की स्वरुप लिएको १ लाख २० हजार रुपैयाा अनियमितता गरेको कार्यालय स्रोतले जनाएको छ ।

उपभोक्ता समितिका पदाधीकारी जिविसमा आएर रकम हिनामिना गरेको जानकारी गराएपछि अनुसन्धान सुरु गरिएको हो । जिविसमा आर्थिक अनियमितता भएको सार्वजनीक भएपनि जिल्ला स्थित राजिनितक दलका प्रतिनिधी र सरोकारवाला भने यस विषयमा मौन रहेका छन् । पछिल्लो समय राजनितिक दलले संरक्षण दिएका कारण आर्थिक अनियमितता हुने गरेको बताउदै आइरहेको छ । बैठक तालीम सञ्चालन गर्न भ्रष्टाचार भएको भन्ने विषयमा कुनै पनि राजनितिक दलका नेताले कुरा नउठाएका स्रोतले बताएको छ ।



अन्य समाचारहरु

  • ५५ लाख रुपियाँको वाटो निर्माणमा २० लाख भन्दा वढी अनियमितता भएको उपभोक्ताहरुको आरोप, छानविनका लागि लेखनाथ नगरपालिकाद्वारा अनुसन्धान टोली गठन बिस्तृत समाचार
  • व्यापक भ्रष्ट्राचार भएको भनिएको जिल्ला विकास समिति मुस्ताङको आर्थिक वर्ष २०६७/०६८ को वाषिर्क कार्यक्रम तथा बजेटको पूर्ण पाठ बिस्तृत समाचार
  • मुस्ताङका स्थानियविकास अधिकारीद्वारा व्यापक भ्रष्टाचार बिस्तृत समाचार
  • तीन लाख रुपियाँ घुस लिएका मालपोत अधिकृतको मिलेमतोमा अंशसार, सानालाई ऐनः ठूलालाई चैन हुने स्थिति बिस्तृत समाचार
  • भ्रष्टाचारको छानविन समिति गठन बिस्तृत समाचार
  • १९ लाख रुपैया हिनाबिना भएको समितिको ठहर बिस्तृत समाचार
  • जिल्ला प्राविधिक कार्यालय म्याग्दीका इन्जिनीयर शाहद्वारा पुर्व तयारी तालिममा व्यापक हिनामिना बिस्तृत समाचार
  • चरणखर्कमा कम मात्रामा घाासको उत्पादन हुन थालेपछि पशुपालन कृषकहरू चिन्तित बिस्तृत समाचार
  • लमजुङमा अझै ४३ प्रतिशतले व्यवस्थित चर्पी प्रयोग गर्दैनन्, सात प्रतिशत जनता खानेपानीबाट वञ्चित बिस्तृत समाचार
  • युथ भिजन भैरहवाको पुनर्स्थापना केन्द्रमा आर्थिक अनियमितता बिस्तृत समाचार
  • मुक्तिनाथ मन्दिरमा बर्षेनी लाखौँ रुपैयाँ हिनामिना बिस्तृत समाचार
  • चन्द्रोदय उमाविको रकम लेखापालाद्वारा चार लाख ५० हजार भन्दा बढी रकम हिनामिना बिस्तृत समाचार
  • आर्थिक भ्रष्टाचारको समाधान जिल्लामा नभएपछि पश्चिम पाल्पाको बाटोमा भएको भ्रष्ट्राचारको मुद्धा अख्तियारमा बिस्तृत समाचार
  • वासस्थान, आहाराको अभाव र डाईक्लोफेनेक औषधिका कारण गिद्ध लोपोन्मुख बिस्तृत समाचार
  • चेत आएन गण्डकी यातायात कार्यालयका कर्मचारीहरुको धुरुधुरु रोए यातायातका हाकिम अख्तियारको टोली हात मिलाएर फक्र्यो बिस्तृत समाचार