Investigative, Accurate, News Portal
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०६६÷०६७ मा ४ लाख ३२ हजार ३ सय राजश्व संकलन गर्न सफल भएको छ । संकलित राजश्व आर्थिक वर्ष २०६५÷६६ को तुलनामा ६० प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०६६÷६७ मा ४ हजार ६ सय ११ सवारी साधनलाई ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाही गरि उक्त रकम संकलन भएको हो । अघिल्लो आर्थिक वर्षमा ३ लाख ६० हजार मात्रै राजश्व संकलन भएको थियो ।
यस अवधिमा जिल्लामा सवारी दुर्घटनामा कमि आएको पनि मानविय क्षति भने बढेको छ । आर्थिक वर्ष २०६६÷०६७ मा ४७ सवारी दुर्घटना भएमा १० पुरुष ६ महिला र ४ बालक गरि २० जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायव निरिक्षक कमल गुरुङ्ले बताउनुभएको छ ।
यस वर्ष पक्की सडकमा २८ र कच्ची सडकमा १९ सवारी साधनहरु दुर्घटनामा परेको थियो । अघिल्लो वर्ष ७२ सवारी दुर्घटनामा मात्रै १२ मानवयि क्षति भएको थियो ।
जिल्लामा सवारी साधनहरुको वढ्दो चापसँगै ट्राफिक कार्यालयले थप दुई स्थान फेदिखोला र वयरधारीमा ट्राफिक पोष्ट थप गरेको छ । स्याङ्जा सदरमुकाम वालिङ् बजार र गल्याङ् बजारमा मात्रै हालसम्म ट्राफिक पोष्ट रहेका थिए ।
उक्त राजश्व संकलनको अवधिमा जिल्लाका विभिन्न विद्यालयहरु सार्वजनिक स्थानमा गराएको ट्राफिक सचेतनामा करिव ८ हजार विद्यार्थी र सर्वसाधरण ट्राफिक ज्ञानबाट लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०६६÷०६७ मा १ सय ४ घण्टा सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुनुमा राजनीतिक दलका कारणले ७ पटक गरि ७२ घण्टा सवारी दुर्घटनाले गरि ११ घण्टा र वर्षामा पहिरो गएपछि २१ घण्टा सडक अवरोध भएको थियो ।
राजश्व संकलनमा बृद्धि हुनुमा समय-समयमा चेक जाँच गत वर्ष भन्दा यस वर्ष ट्राफिक कार्यालयमा स्थायी जनशक्ति बृद्धि रहेको छ । सवारी दुर्घटनामा न्यूनिकरण हुनुमा जिल्ला ट्राफिक कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा यातायात व्यवासायी विच समन्वय गरि अन्तरकि्रया तथा प्रशिक्षण कार्यक्रमले दुर्घटना न्यूनिकरण भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।