Investigative, Accurate, News Portal
गत आर्थिक बर्षमा विकास निर्माणका लगायतका योजनामा म्याग्दी जिल्लामा आएको ठुलो रकम फि्रज भएको छ । चालु तर्फको आएको ७३ करोड ७१ लाख ९३ हजार ९ सय ६६ रुपैयाँ मध्य ७० करोड ४८ लाख २८ हजार ४ सय ३८ रुपैयाँ खर्च भएको छ भई तिन करोड तेइस लाख ६५ हजार ५ सय २८ फि्रज भएको छ ।
त्यस्तै पुजीगत तर्फ जिल्लामा आएको ३० करोड ९९ लाख ४९ हजार ६ सय ७० रुपैयाँ मध्य २६ करोड १८ लाख तिस हजार २ सय १९ रुपैयाँ निकासा भएको छ भने चार करोड एकासी लाख १९ हजार ४ सय ५० रुपैया फि्रज भएको छ ।
फि्रज हुने शिर्षकमा सवै भन्दा बढि जल्ला विकास समितिको कार्यालय अन्तरगत रहेको ग्रामीण पुर्वाधार तथा जिवीकोपार्जन कार्यक्रममा रहेको ७ करोड ९६ हजार मध्य ४ करोड १३ लाख ८५ हजार ६ सय २७ निकास भएको छ भने २ करोड ९५ लाख ७४ हजार ३ सय ६३ रुपैयाँ फि्रज भएको कोलेनिकाले जनाएको छ ।
डि्रलिप अन्तरगतको योजनामा आवश्यक भन्दा बढि रकम मन्त्रालयबाट पठाएको हुनाले त्यसलाई रोक्का गरिएको स्थानियविकास अधिकारी विष्णुप्रसाद पोख्रलले बताउनुभयो । डि्रलिपले गरेको गतिविधि शन्तोषजनक नरहेको भन्दै सरोकारवाला निकायहरुले पनि बारम्बार विरोध गरिरहेका थिए ।
विभिन्न कार्यक्रममा आएको रकम लगायतका गरी बिभिन्न योजनाको एघार करोड पच्चीस लाख ९ हजार २ सय ७२ रुपैया फि्रज भएको हो ।
समयमै योजना सम्पन्न गर्नका लागि टेन्डरमा लामो समय बिबाद उत्पन्न भएका कारण बजेट फि्रज भएको कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख केदारनाथ पौडेलले बताउनुभयो ।
त्यस्तैगरी जिल्ला विकास समिति अन्र्तगतको पश्चिम नेपाल ग्रामीण तथा सरसफाई कार्यक्रम अन्र्तगत ५९ लाख ४९ हजार मध्ये २४ लाख ४९ हजार रुपैया फि्रज भएको छ भने ३५ लाख ५ हजार खर्च भएको छ ।
सानो जिल्लामा आएको विभिन्न शिर्षकको बजेटमध्य यो ठुलो परिणामको रकम फिर्ता जानुमा मुख्य गरी बिबादित बिषयको समाधानका लागि राजनितीक दलहरुका साथै अनुगमनको अभाव भएको बताइएको छ । पुजिगत बजेट अन्तरगत पर्ने भवन निर्माण लगाएतका विकास निर्माणमा बढाउनुपर्ने भएपनि चालु खर्चको तुलनामा पुजीगत खर्च निकै कम रहेको छ ।