top menu Home Sitemap Our Team

आर्थिक समाचार

२५ प्रतिशत नेपाली मात्र गरिब : राष्ट्रिय योजना आयोग

पोखराखबर डट कम समाचारदाता
काठमाडौँ, ३२ असार ।

/राष्ट्रिय योजना आयोगले नेपालको गरिबीको दर २५.४ प्रतिशत रहेको दाबी गरेको छ । युएनडिपीका लागि बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययन प्रतिवेदन अनुसार ६५ प्रतिशत नेपाली गरिब रहेको तथ्याङ्क सार्वजनिक गरेपछि आयोगले शुक्रबार सो दाबी गरेको हो ।

आयोगका उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, सदस्य डा. पुष्कर वज्राचार्य र केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्लले सन् २००३-२००४सम्म प्रतिव्यक्ति प्रतिवर्ष दुई हजार १४४ क्यालोरी खाना उपभोग गर्ने गरेकामा त्यही तथ्याङ्कलाई मूल्यमा तुलना गरेर गरिबीको प्रतिशत तय गरिएको जानकारी दिए ।  

उक्त प्रतिवेदनले भने पोषण, विद्युत्, खाद्य इन्धन, खानेपानीको उपभोग तथा  सरसफाइ, मातृ मृत्युदर, विद्यार्थीको भर्नादर, बसोवास र सम्पत्तिको उपलब्धतालाई आधार बनाएर ६५ प्रतिशत गरिबीको मापन गरेको थियो ।

सो प्रतिवेदनले विश्वका विभिन्न देशको गरिबीको दरमा परिवर्तन ल्याउने आशङ्का गर्दै आयोगका सदस्य डा वज्राचार्यले प्रयोगमा ल्याइएका ती आधार आफूहरूका लागि पनि अध्ययनको विषय बनेको उल्लेख गरे ।  

उक्त विभागका महानिर्देशक मल्लले विगतको तुलनामा गरिबीको दर ३१ प्रतिशतबाट घटेर २५.४ पुगेपनि गरिब र धनीबीचको खाडल भने बढेको बताए ।



अन्य समाचारहरु