top menu Home Sitemap Our Team

मनोरञ्जन

यौन मामिलामा समाज खुल्ला बन्दै छः नायिका अरुणिमा लम्साल

फिल्मनेपाल डट कम
काठमाडौं, ११ माघ ।

यौन मामिलामा समाज खुल्ला बन्दै छः नायिका अरुणिमा लम्साल

 

 

 

चलचित्र यस्तै रहेछ जिन्दगीमा सह-नायिकाको भुमिकाबाट नेपाली रजतपटमा पाईला टेकेकी नायिका अरुणीमा लम्सालले वितेका आठ वर्षमा आफुलाई स्थापित नायिकाको रुपमा उभ्याएकी छन् । तीन दर्जनभन्दा बढी चलचित्रहरुमा अभिनय गरी सकेकी अरुणीमाले शुरुमा नायिका हुने सोच नै बनाएकी थिइनन् । चरित्र अभिनेत्री राधा भावु लम्सालकी छोरी अरुणीमाले आफु चलचित्र क्षेत्रमा आएपछि मात्र परिवारले सहयोग गरेको बताईन । क्यारियर बनिरहकै बेला विवाह गरेकी अरुणीमाले वैवाहिक जीवनमा ठाकठुक परे पनि समस्या नरहेको स्पष्ट पारिन् ।

चलचित्रमा प्रवेश गर्न पारिवारिक वातावरणले कतिको काम गर्यो रु

वास्तवमा भन्नु पर्दा चलचित्रमा आईसकेपछि मात्र परिवारको सहयोग गर्नुभएको हो । मैले नायिका बन्ने सोच नै बनाएको थिएन । बैंकमा जागिर गर्ने सोच थियो । ममीले पनि चलचित्र क्षेत्रमा आउन कहिल्यै कर गर्नु भएन ।

कतिवटा चलचित्रमा अभिनय गरिसक्नु भयो रु

अहिलेसम्म ३५, ४० वटा जति चलचित्रमा अभिनय गरीसकें ।

बढी ग्लामर्स भुमिकामा देखिनु भा छ नि रु

नायिकाको रुपमा अभिनय गरेको पहिलो चलचित्रमा ग्लामर्स भुमिकामा थिएँ, त्यसैले होला प्राय निर्माता, निर्देशकहरुले त्यस्तै भुमिका अफर गर्नुहुन्छ । फेरि पहिलो चलचित्रमा नै ग्लामर्स रुपमा देखिंदा सबैले पहिलो चलचित्र नै सम्झिन्छन । म करिब एक दर्जन चलचित्रमा मात्र त्यस्तो भुमिकामा छु । बाँकीमा त छैन नि ।

निर्माता, निर्देशकहरुले नायिकाहरुलाई ुबडी एक्स्पोजु गर्न दवाव दिन्छन रे रु

एक्स्पोज गर्नका लागि दवाब दिएको मैले अनुभव गरेको छैन । कथाले एक्स्पोज गर्न भनेको छ भने म गर्न तयार छु, तर कसैको दवाबमा गर्ने भन्ने कुरै छैन ।

क्यारियर बनिरहेकै बेलामा विहे गर्नु भो नि केही असर गर्योस कि रु

केही असर गरेको छैन । झन प्रशंसकहरु बढनु भा को छ ।

चलचित्र क्षेत्रमा त बढी हल्ला हुन्छ नि यसले वैवाहिक जीवनमा असर गर्दैन रु

सामान्य मान्छेको त हल्ला हुने ठाँउमा नायिकाहरुको हल्ला नहुने त कुरै छैन । तर हामीबीच राम्रो समझदारी छ ।

ठाकठकु पर्दैन कहिले काँही रु

पर्छ नि किन नपर्नु । तर क्षणीक मात्र ।

तपाई प्राय निर्देशक नरेश पौड्यालको चलचित्रमा दोहरिनु हुन्छ नि रु

त्यसो होइन । नरेशजी बाहेक अन्य निर्देशकको चलचित्रमा पनि दोहरिएको छु । नरेशजीको दुई वटा चलचित्रमा मात्र म दोहोरिएको हुँ ।

निर्माता बन्न लाग्नु भा छ रे रु

सोच त बनाएको हो, तर तत्काललाई स्थगित भयो ।

नायिकामा सेक्स अपिल हुन जरुरी छ कि छैन रु

सेक्स अपिल हुनुपर्छ ।

चलचित्र क्षेत्रमा नायिकाहरुमाथि बढी यौनशोषण हुन्छ भन्छन् नि रु

यस्ता कुरा सुनेको तर देखेको छैन । आफुलाई त्यस्तो कहिल्यै परेन । जे भए पनि नराम्रो कुरा हुनु हुँदैन भन्ने हो ।

एक जना नायिकामाथि त बलात्कारकै प्रयास भयो नि रु

त्यो त आपसी कुरा हो । दुई जनाबीच के भयो भन्ने कुरा उनीहरुलाई मात्र थाहा छ । कसैले केही नराम्रो प्रस्ताव गरे ँनोु भन्न सक्नुपर्छ । सानो उमेरमा धेरैले प्रस्ताव राख्थे, सबैलाई हुन्छ भन्ने कुरा भएन नि । त्यसैले त्यो सबै आफुमा भर पर्ने कुरा हो ।

नायिकाहरुको श्रृंखलाबद्ध सेक्स भिडियाहरु सार्वजनिक भैरहेका छन नि रु यसले नायिकाहरुको छवी धमिलो बनाउदैन र रु

सेक्स सबैले गर्छन र यो सबै ठाँउमा हुन्छ । सेक्स नगर्ने को नै पो हुन्छ, तर टेप बनाएर सार्वजनिक गर्नु चाहीँ हुँदैन । सार्वजनिक रुपमा चिनिएका नायिकाहरुको यसरी टेप बाहिर आउनुले नकरात्मक सन्देश जान्छ, तर यसले सबै नायिका खराव हुन्छन भन्ने होइन । सबैले आफ्ना आन्तरिक कुरालाई गोप्य राख्नुपर्छ ।

नेपाली समाज यौनको मामिलामा संकुचित भएको मान्नुहुन्छ रु

पहिलो सेक्स टेप बाहिर आएकाले धेरै थरिका कुराहरु भए । यस्ता टेप २, ४ वटा आए सबैले वास्ता गर्न छोडछन् । पछि केही पनि हुँदैन ।

आफ्नो कुन बानी सच्याउन चाहनुहुन्छ रु

झनक्क रिसाउने बानी छ, पाएसम्म यही बानी सच्याउने थिएँ ।

भगवानसँग कुनै एक वर माग्नु पर्योब भने रु

जे छ त्यसैमा सन्तुष्ट मिलोस भन्ने वर माग्छु ।

अरुले थाहा नपाएका तपाईका तीन कुराहरु रु

अध्यारोसँग डर लाग्छ, चलचित्रमा रुने दृश्य आयो भने आँखाबाट आशु निस्कन्छ र घरमा भएको बेला खाना पकाउन र सरसफाई गर्न मन पर्छ ।

कलाकारहरु बढी विदेशीरहेका छन नि रु

आफ्नो काममा निराशा जागेपछि र आर्थिक स्थिति कमजोर भएपछि विदेशिनु बाध्यता हो । यहाँ गर्न नसक्ने काम विदेशमा गर्न सकिन्छ ।

तपाई विदेशिने सोचमा त हुनुहुन्न नि रु

छैन, छैन ।



अन्य समाचारहरु