top menu Home Sitemap Our Team

मनोरञ्जन

मन मिले सेक्स नोथिङ - नायिका रेखा थापा

नयाँपत्रिका
पोखरा २७ पुस ।

मन मिले सेक्स नोथिङ - नायिका रेखा थापा

 

 

 

 

नायिका रेखा थापासँगको हट टक

 

युवापुस्ताको प्रतिनिधित्व गर्छन् ?

समग्रमा चलचित्रले युवाको प्रतिनिधित्व गरेका छन् । अहिलेका चलचित्रले जुन धारको प्रतिनिधित्व गरेको छ, त्यो युवालाई मन पर्दैन । युवा युद्ध मन पराउँदैनन्, झगडा हेर्न चाहँदैनन् । उनीहरू चलचित्रमा प्रेम चाहन्छन् । उनीहरूको प्रतिनिधित्व गर्ने चलचित्र पनि बनेका छन् । मैले यस्तै युवाको प्रतिनिधित्व गरेकी छु । १६ वर्षदेखि अहिलेसम्म यही काम गरिरहेकी छु ।

ुकन्टेन्टले युवापुस्ताको प्रतिनिधित्व गरेका छैनन् नि ?भ्याउँछन्, कस्तो लाग्छ ?बढेको छ, तपाईंलाई कस्तो लाग्छ ?

प्रयास भएको छ । चलचित्रको कथानक र कलाकारले यो प्रयास गरेका हुन्छन् । फिल्मले दिन सक्छ कि सक्दैन, त्यो त प्रस्तुतिमा भर पर्छ ।

 

अहिलेका युवाको मनोदशा कस्तो छ ?

युवा पीडित छन् । पढेलेखेका छन्, तर बेरोजगार । आफ्नो र अभिभावकको उमेर-अन्तरले पनि युवा मर्माहत छन् । रोजगारको कमीले बिदेसिन बाध्य छन् । विदेशलाई धनी बनाउँछन्, देश सधैँ गरिब नै रहन्छ ।

अहिलेका युवालाई खुलापनले कति छोएको पाउनुहुन्छ ?

धेरै छोएको छ । तर, राम्रो शैली हुनुपर्छ, खुलापनको । यसको पनि आफ्नो मापदण्ड हुन्छ । तर, युवामा आफ्नो खुट्टामा उभिने संस्कृति छैन । उनीहरू विदेशी विचार बोकेर हिँड्छन्, त्यो नराम्रो हो । खुला हुनु राम्रो कुरा हो । म केटी हुँ । खुलापनको विरोधी र समर्थक दुवै हुँ ।

तपाईंले खुलापनको अभ्यास धेरै गर्नुभयो नि ?

गरियो । तर, खुला भन्दैमा जहाँ पायो, त्यहीँ छाडा बन्नुहुन्न, विचार खुला हुनु राम्रो हो र खुलापनको वैचारिक अभ्यास गरिएको छ ।

बिहेअघि ब्वाइफ्रेन्ड थियो ?

थिएन । १६ वर्षमै बिहे भयो, कहाँको ब्वाइफ्रेन्ड ?

अनि बिहेअघि सेक्सको अनुभव नि ?

थिएन, भगवान् कसम, ९कलाको कसम० ।

किस नि ?

बिहेअघि किस पनि कसैसँग गरेकी थिइनँ । ममीबुबाले मायाले बाहेक अरूले किस गरेनन् ।

 

अहिलेका केटाकेटी त खुला ठाउँमै किस

 

समय परिवर्तनको संकेत हो । अहिलेका युवाले पश्चिमा संस्कार पछ्याएका हुन् । खुला ठाउँमा केटाकेटी माया प्रदर्शन गरिरहेका हुन्छन् भने त्यो नराम्रो होइन । तर, दैनिक उनीहरू त्यही ठाउँमा आएर आफ्नो माया अरूसामु प्रदर्शन गर्छन् भने त्यो विकृति हो ।

आगामी पुस्ताबारे तपाईंको ठम्याइ ?

निकै अगाडि पुग्छ । जीवनका सबै पक्ष बुझेका, समाज राम्रोसँग अध्ययन गरेका र जीवनलाई आफूअनुसार अघि बढाउने खालका हुनेछन् ।

बिहेपछि पनि प्रेमप्रस्ताव आउँछन् ?

आउँछन् । त्यो राम्रै लाग्छ । प्रेम गर्न उमेरले छेक्दो रहेनछ । मलाई युवादेखि सबै वर्गकाले प्रेमप्रस्ताव गर्छन् । फिल्ममा खेलेकाले प्रस्ताव गर्दैनन्, बाहिरकाले गर्छन् ।

 

केटीहरूले केटाबाट बढी के चाहन्छन् ?

माया । साँच्चैको माया । सम्मान पनि खोज्छन् । पढे-लेखेका, अध्ययनशील, अनुशासित केटा चाहन्छन् ।

गठिलो जीउ र अनुहार केटीहरूको प्राथमिकतामा पर्छ कि पर्दैन रु

पर्छ । केटीहरू ह्यान्डसम केटा चाहन्छन् । तर, उनीहरूको रोजाइमा गठिलो जिउ र अनुहारमात्र पर्‍यो भने त्यो त आकर्षण हो, प्रेम होइन ।

अहिले युवामा ुपि्रम्याच्योर सेक्स

समय र परिस्थितिले निर्धारण गर्छ । केटाकेटीमा यौनजिज्ञासा धेरै हुन्छन् । मन मिले सेक्स नोथिङ, जोसँग पनि गर्दा हुन्छ । म यसलाई गलत मान्दिनँ । सेक्सले त माया झन् प्रगाढ बनाउँछ । सेक्स प्रेम अभिव्यक्तिको अन्तिम बिन्दु हो, यसलाई राम्रोसँग उपयोग गर्नुपर्छ ।

एउटा रोमान्टिक कल्पना सुनाउनुस् न ?

राति आकाशको चन्द्रामा हेर्दै म मेरा सपनाबारे कल्पना गर्छु । त्यो सपनाले मलाई आकाशबाट हेरिरहेको हुन्छ । म पनि उसलाई हेर्दै रोमान्टिक बन्छु ।

 

 


सम्बन्धित फोटोहरु



अन्य समाचारहरु