Investigative, Accurate, News Portal
अविरल वषर्ाका कारण बाढीपहिरो हुादा विश्वकै उत्कृष्ट पर्यटकीय अन्नपूर्ण पदमार्ग अवरुद्ध बनेको छ । पदमार्गमा पर्ने चण्डिस्थान गाविस वडा नं. १ को भलामखोलामा दुई दिनदेखी लगातर रुपमा आएको बाढीका कारण पर्यटक साथै स्थानीय वासिन्दा आवतजावत गर्न सकेका छैनन् । ताघि्रङको च्याम्चे तथा स्याागे क्षेत्रमा पहिरो जाादा पर्यटकीय मार्गमा हिाडेका पर्यटक तथा मनाङ लमजुङ आवत जावत गर्ने सर्वसाधारण अलपत्र परेका छन् । वषर्ाका कारण बाढीपहिरो जादा वेसीशहर चामे सडक अन्तरगत मोटर चलिरहेको ३१ किलोमीटर वेसीशहर शीरचौर सडक खण्ड समेत अवरुद्ध बनेको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण ढुवानीको एकमात्र साधन खच्चड पनि हिाड्न नसक्दा ढुवानी ठप्प छ ।