top menu Home Sitemap Our Team

पर्यटन

रोपाईँ महोत्सवमा सहभागिताका लागि आव्हान

पोखराखबर डट कम समाचारदाता
पोखरा, १४ असार ।

पश्चिमाञ्चल होटल संघ पोखराले असार १५ का अवसरमा मंगलवार स्थानीय चिसाखोलामा हुने सातौं असारे रोपाईँ महोत्सवमा सहभागिताका लागि सबैपक्षसँग आव्हान गरेको छ । संघका अध्यक्ष गोविन्दराज पहारीले सोमवार त्यस्तो आव्हान गर्नुभएको हो ।

पोखरा पर्यटन परिषद्को आयोजना नेपाल पर्यटन वोर्डको प्रवद्र्धन र अर्चलवोट आमा समूहको सहयोगमा हुन लागेको यो महोत्सवमा हजारौं पोखरेलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । पर्यटन व्यवसायी पोखरेली सर्वसाधरण उद्योगी व्यवसायी आमा समूह र कर्मचारीहरुलाई महोत्सवमा सहभागिताका लागि संघले आव्हान गरेको हो ।



अन्य समाचारहरु