top menu Home Sitemap Our Team

पर्यटन

जलकुम्भी हटाउन सहभागिताका लागि आव्हान

पोखराखबर डट कम समाचारदाता
पोखरा, ३० जेठ ।

कास्की जिल्ला पर्यटन विकास समितिको आव्हानमा सोमवार पोखराको वाराही घाटमा हुन लागेको फेवातालको जलकुम्भी झार हटाउने कार्यक्रममा सहभागिताका लागि पश्चिमाञ्चल होटल संघ पोखराले सबैसाग आव्हान गरेको छ ।

संघका अध्यक्ष गोविन्दराज पहारीले जलकुम्भी झारका कारण फेवातामा बढ्दै गएको प्रदूषण नियन्त्रण गर्न र ताल पुरिनबाट जोगाउन आयोजना गरिने कार्यक्रममा सहभागिताका लागि सबै पक्षसाग आग्रह गर्नुभएको हो । विहान छ वजे सुरु हुने उक्त कार्यक्रममा सहभागिताका लागि आमा समूह, पर्यटन व्यवसायी, कर्मचारी, विद्यार्थी र विभिन्न पेशागत संघसंस्था र महानुभावहरुलाई संघले आव्हान गरेको हो ।

२०१७ सालमा नौ सय ८४ हेक्टर क्षेत्रफलमा फैलिएको फेवा ताल २०५५ सालमा आइपुग्दा चार सय ४३ हेक्टरमा सिमित हुन पुगेको तथ्यांक छ । कास्की जिल्ला पर्यटन विकास समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सम्भु कोइरालाको पहल पछि ताल किनारमा पछिल्लोपटक माटो हटाउने कार्य समेत सुरु गरिएपछि तालको क्षेत्रफल अहिले बढ्न पुगेको छ ।



अन्य समाचारहरु