Investigative, Accurate, News Portal
नेपाल पर्यटन वर्ष-२०११ को पूर्वसन्ध्यामा बारम्बार भइरहने नेपाल बन्द सदाका लागि बन्द गर्न राजनीतिक दलहरूले प्रतिवद्धता जनाउनुपर्ने पर्यटन तथा उद्योग व्यवसायीहरूले माग गरेका छन् । आगामी फागुन १४ शुभारम्भ गरिने पर्यटन वर्षको विविध विषयमा जानकारी दिन नेपाल पर्यटन वर्ष २०११ को सचिवालयले आइतबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा सबै राजनीतिक दलले नेपाल बन्दका कार्यक्रम नगर्ने सामूहिक प्रतिवद्धता नजनाएसम्म यस्ता कार्यक्रमको प्रभावकारीता नहुने चर्चा गरियो ।’ भन्ने नाराका साथ लुम्बिनीबाट बालेर ल्याइएको दीप काठमाडौँको टुँडिखेलमा अपरान्ह एक बजे सल्काएर सो पर्यटन वर्ष शुभारम्भ गरिने बताइएको छ । पर्यटन वर्षलाई काठमाडौं, लुम्बिनी, पोखराजस्ता क्षेत्रमा मात्र सीमित नराखी नेपालभर विस्तार गर्नुपर्ने, पर्यटक प्रवेश गर्ने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल व्यवस्थित हुनुपर्ने, त्यहाँ कार्यरत कर्मचारीहरूले अतिथिहरूको श्रद्धापूर्वक स्वागत गर्ने परम्पराको थालनी हुनुपर्ने, ट्याक्सी चालकको क्रियाकलाप तथा भाडादर व्यवस्थित गरिनुपर्ने र होटल मजदुरबाट पनि हडताल नगर्ने प्रतिवद्धता आउनुपर्नेमा पनि सम्मेलनमा ध्यानाकर्षण गराइएको थियो । ँपर्यटनका लागि सँगसँगै पर्यटन वर्ष अवधिभर करिब दस लाख पर्यटक नेपाल भित्रिने अनुमान आयोजक सचिवालयले गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मण भट्टराईले कार्यक्रमको सफलताका लागि राजनीतिक दलको प्रतिवद्धता अनिवार्य रहेको र लुम्बिनी क्षेत्रबारे भारतीय क्षेत्रबाट हुने टिप्पणीका सम्बन्धमा कूटनीतिक पहल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको संरचनामा सुधारका कार्य भइरहेको, होटल तथा पैदल यात्रामा लाग्ने करमा केही छुट दिन सकिने र आरोहणका लागि अन्य हिमाल पनि खुल्ला गर्न सकिने जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले पर्यटन वर्षका लागि सबै पूर्वाधारको व्यवस्था गर्न नसकिए पनि सम्बन्धित निकायमाथि दबाव बढ्ने भएकाले यसलाई चुनौतीको रूपमा लिन आग्रह गर्नुभयो ।