top menu Home Sitemap Our Team

प्रमुख समाचार

११ विद्रोही प्रहरी जागिरमा फर्के

पोखराखबर डट कम समाचारदाता
काठमाडौँ १५ साउन ।

दंगा नियन्त्रण प्रहरी गण नेपालगञ्जमा बिद्रोह गरेको अभियोगमा २ वर्षदेखि धनगढी कारागारमा रहेका ११ बन्दी प्रहरी विशेष अदालतको फैसलाअनुसार धरौटीमा रिहा भएका छन्। रिहा भएका प्रहरीले पुरानो दरवन्दीमा बहाल भएर काम गर्नेछन्।
धनगढी कारागारमा रहेका १८ जना मध्ये बिशेष अदालतले ७ बर्ष जेल सजाय सुनाएका ४ जना भने निराश छन्।

बिहिवार ६ र शुक्रवार ५ गरेर ११ जना जरिवाना तिरेर रिहा भएका छन्। ३ जनाका आफन्तले जरिवाना बुझाउन बाँखी भएकाले रिहा भइसकेका छैनन्। ुबिद्रोही प्रहरीु रिहा भएपछि खुशी भएर घर गएका छन्। उनीहरुले थुनामा रहदाँ अनुशासन मानवअधिकारको बारेमा सचेत रहन सिकेको बताए। ुरिहा भएर दरवन्दीमा फर्कन पाउने भएपछि धेरै खुशी लागेको छु २ वर्ष १३ दिन जेलमा दुःख काट्यौंु रिहा भएका प्रहरी नायव निरीक्षक त्रिलोक चन्दले भने ुतर हामीमाथि अन्याय भएको थियो।ु

शुक्रवार कारागारवाट बिदाई गर्दा जेलभित्रै नेतृत्व गरेका सही त्रिलोक चन्दलाई कैदीहरुले फुल र रुपैयाँको माला लगाईदिएका थिए। ७ वर्ष कैद सुनाएका प्रहरी जवान पुर्ण वलायर र डम्बरराज भट्ट प्रहरी हवल्दार टेक वहादुर ऐर र खडक बुढाथोकी धनगढी कारागारमा छन्।

उनीहरुले आफूमाथि अन्याय भएकोले पुनरावेदन अदालतमा जाने बताएका छन। ुएउटै मुद्धाका कसैलाई जरिवाना तिरेर जागिरमा पुनर्वहाली गर्ने र कसैलाई ७ बर्ष कैद सुनाउने यो अन्याय भएको छ। ु पुनरावेदन गर्ने बताएका छन्।

पुनरावेदनका लागि प्रहरीले नै अर्को विशेष अदालत गठन गरेर मुद्दा हेर्ने प्रावधान छ। पुनरावेदनको मुद्दा पनि मन नपरेमा मात्र सर्वोच्च अदालतमा जान पाउने छन्।

धनगढी कारागारमा बिशेष अदालतले मुद्दा किनारा लगाउनु पर्ने भन्दै गत मंसिर र पुसमा कारागारको मुख्य गेटमा धर्ना भोगहडताल पुन्यौले नाडी छेडेर आत्मघाती अलगायतका आन्दोलन गरेको थिए।

सुर्खेत पुनरावेदन अदालतका सहन्याधिबक्ता अध्यक्ष मध्यश्चिमका डिआईजी र सुर्खेतका प्रमुख जिल्ला अधिकारी सदस्य रहेको बिशेष अदालतले १३ जनालाई ७ वर्ष कैद र अन्यलाई १ बर्ष र २ बर्षको तलव वरावरको जरिवाना फैसला सुनाएका थिए।

०६५ अषाढ २८ गते दंगा नियन्त्रण प्रहरी गण नेपालगंजमा उच्च स्तरका अधिकृतले आर्थीक अनियमितता गरी निम्नस्तरका प्रहरीलाई मार्कामा पारेको भन्दै उच्च प्रहरी अधिकृतलाई बन्धक बनाएर बिद्रोह गरेका थिए। बिद्रोह गरेपछि सरकारले उनीहरुलाई निलम्बन गरी प्रहरी विशेष अदालत गठन गरेको थियो।



अन्य समाचारहरु

  • काँग्रेसले सरकारको नेतृत्व गर्न पाएमा शान्ति प्रकृयालाई टुङ्गोमा पुर्‍याउने कार्यवाहक सभापति कोइरालाको दाबी बिस्तृत समाचार
  • जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाा नेतृत्व चयन, मातृका माओवादीसाग एकीकरणका लागि समिति गठन, तिहारपछि मुलुकमा संकट आउनेमा सचेत रहन आग्रह बिस्तृत समाचार
  • अर्को चुनावमा पुर्नविचार गर्ने माओवादी निर्णय, बृहत छलफल चलाउने बिस्तृत समाचार
  • टेप कहाँबाट आयो ? बिस्तृत समाचार
  • टेप प्रकरणमा भारतीय दूतावास संलग्न, विवादमा तान्ने नियतः चीन बिस्तृत समाचार
  • माओवादी सैद्धान्तिक रुपमा असफल भयो : आचार्य बिस्तृत समाचार
  • छैठौँ निर्वाचनपछि तटस्थ बस्दैनौँ : ओली बिस्तृत समाचार
  • एक कार्यकालको लागि मात्र लड्दै छुः सुशील कोइराला बिस्तृत समाचार
  • ‘संवैधानिक बाटो अवरुद्ध भए विद्रोह: एमाओवादीपोलिटव्युरो सदस्य गजुरेल बिस्तृत समाचार
  • पद र कुर्सीका लागि कसैलाई सहयोग नगर्ने: अध्यक्ष खनाल बिस्तृत समाचार
  • काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिए माओवादी पनि तयार: डा.भट्टराई बिस्तृत समाचार
  • प्रचण्डलाई प्रधानमन्त्रीमा भोट दिन ५ करोड रुपैयाँ प्रस्ताव आएको खुलासा बिस्तृत समाचार
  • पारस शाहलाई हेर्ने भीड नियन्त्रणभन्दा बाहिर जाँदा आधा दर्जन घाइते बिस्तृत समाचार
  • पृथ्वीनारायण क्याम्पस पोखराको स्वर्णजयन्ती औपचारिक रुपमा सम्पन्न, खराब मौसमकाकारण राष्ट्रपति अनुपस्थित, १७ बिशिष्ट सहित ६७ जना सम्मानित बिस्तृत समाचार
  • मदन भण्डारीको हत्याबारे छानबिन गर्न खनालको माग बिस्तृत समाचार