प्रमुख समाचार
अबको चुनावले पनि प्रधानमन्त्रीको टुङ्गो लगाउँदैनः विप्लव
पोखराखबर डट कम समाचारदाता
काठमाडौँ १५ साउन ।
एकीकृत नेकपा (माओवादी) का नेता नेत्रबिक्रम चन्दले यही साउन १७ गतेसम्म पनि प्रधानमन्त्रीको टुङ्गो लाग्न नसक्ने बताउनुभएको छ । बाजुरा-काठमाडौँ गणतान्त्रिक सम्पर्क मञ्चको शनिबार काठमाडौंमा भएको तेस्रो भेलामा बोल्दै उहाँले नेकपा -एमाले) र मधेसवादी दलहरूले प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ नै बस्ने भएपछि प्रधानमन्त्रीको टुङ्गो लाग्न नसक्ने बताउनुभएको हो ।
निर्वाचनमार्फत् प्रधानमन्त्रीको छनौट नभए दलहरूबीचमा सहमतिको वातावरण बनाई अगाडि बढ्नुपर्ने बताउँदै नेता चन्दले प्रधानमन्त्रीको निर्वाचनमा आफूहरूको हार भए पनि त्यो हार जित हुने दाबी गर्नुभयो ।
विकास निर्माण, स्वास्थ्य, शिक्षालगायत हरेक हिसाबबाट पिछडिएको बाजुरा जिल्लाको विकासका लागि सबै लाग्नुपर्ने उहाँको आग्रह थियो ।
माओवादीका पार्टीका पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोला र केन्द्रीय सदस्य ओनसरी धर्तीले प्रधानमन्त्रीको निर्वाचनका लागि सहयोग गर्न सबै दलहरूलाई अनुरोध गर्नुभएको थियो ।
अन्य समाचारहरु
- काँग्रेसले सरकारको नेतृत्व गर्न पाएमा शान्ति प्रकृयालाई टुङ्गोमा पुर्याउने कार्यवाहक सभापति कोइरालाको दाबी
बिस्तृत समाचार
- जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाा नेतृत्व चयन, मातृका माओवादीसाग एकीकरणका लागि समिति गठन, तिहारपछि मुलुकमा संकट आउनेमा सचेत रहन आग्रह
बिस्तृत समाचार
- अर्को चुनावमा पुर्नविचार गर्ने माओवादी निर्णय, बृहत छलफल चलाउने
बिस्तृत समाचार
- टेप कहाँबाट आयो ?
बिस्तृत समाचार
- टेप प्रकरणमा भारतीय दूतावास संलग्न, विवादमा तान्ने नियतः चीन
बिस्तृत समाचार
- माओवादी सैद्धान्तिक रुपमा असफल भयो : आचार्य
बिस्तृत समाचार
- छैठौँ निर्वाचनपछि तटस्थ बस्दैनौँ : ओली
बिस्तृत समाचार
- एक कार्यकालको लागि मात्र लड्दै छुः सुशील कोइराला
बिस्तृत समाचार
- ‘संवैधानिक बाटो अवरुद्ध भए विद्रोह: एमाओवादीपोलिटव्युरो सदस्य गजुरेल
बिस्तृत समाचार
- पद र कुर्सीका लागि कसैलाई सहयोग नगर्ने: अध्यक्ष खनाल
बिस्तृत समाचार
- काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिए माओवादी पनि तयार: डा.भट्टराई
बिस्तृत समाचार
- प्रचण्डलाई प्रधानमन्त्रीमा भोट दिन ५ करोड रुपैयाँ प्रस्ताव आएको खुलासा
बिस्तृत समाचार
- पारस शाहलाई हेर्ने भीड नियन्त्रणभन्दा बाहिर जाँदा आधा दर्जन घाइते
बिस्तृत समाचार
- पृथ्वीनारायण क्याम्पस पोखराको स्वर्णजयन्ती औपचारिक रुपमा सम्पन्न, खराब मौसमकाकारण राष्ट्रपति अनुपस्थित, १७ बिशिष्ट सहित ६७ जना सम्मानित
बिस्तृत समाचार
- मदन भण्डारीको हत्याबारे छानबिन गर्न खनालको माग
बिस्तृत समाचार